पूर्णा बहादुर बुढाथोकी
अामा
दुःख र पिडा सहेर यस धर्तिमा जन्म दियैा अामा
अाफु भोकै भएपनि सन्तानलार्इ खुवार्इ ठुलो मान्छे बन्न दियैा
सन्तानबाट ठुलो अास्थ राख्दै अनेक पिल्था भन्न दियैा
वुध्ध, सिता र भृकुटी झै महान विचरका छन्द दियैा
मुक्तक
के दिउ तिमीलार्इ उपहार खाली छन् मेरा हात हरू
गन्तव्यमा नपुग्दै दोवटोमा छुटेका छन् साथहरू
चैतमासको हावा सगै उडेका छन् पातहरू
अैाशिको अन्धकार मै वितेका छन् रातहरू
श्रमिक पिडा
कती श्रम गरू यहाँ जति गरेनि सुख छैन
सधै त्रासमा हन्छ मन कहिले पनि ढुक्क छैना
थाकी सको सारा शरिर गली सके हात गोडा
गाली र घृणा दिने ति वोस पशु हुदै छन मोटा
फुस्रो हाँसो हाँस्नु पर्ने भित्र पिडा भएपनि
सँन्चै छु भन्नु पर्ने यहाँ जिवन अन्तिम भएपनि
कति ढाट्नु वा अँामालार्इ कति ढाट्नु भाइ वहिनीलार्इ
कस्तो दुः पर्इयो अाज धनको लोभमा विदेश अार्इ
छैनन् मन भित्र लेख्नलार्इ शब्द मिठा
यस्तै छ साथिभार्इ प्रदेशमा प्रदेशिको व्यथा

प्रदेश बाटै ............
अाज हामि प्रदेशमा छैा भोली स्वदेश जानु छ
परिवर्तन शान्ति र विकासका कुरा प्रवास बटै लानु छ
हामि सबै सल्यान वासि एकतामा जुट्नु छ
गाउँ वस्तिको विकास गर्न अव अाफै उठ्नु छ
रोजगारीको खोजि गर्न प्रथा अव हटाउुनुछ
स्वदेशमा नै रोजगारीको सिर्जना अव फुटाउनु छ
गाउँ वस्ति जिल्ल अञ्चफ मिली परीवर्तन ल्याउनुछ
बुद्धको देश बनार्इ सारा देशमा शान्ति छाउनु छ
तिम्रो चोखो मायाँ किन पाउन सकिन/
तिम्लाई पाउने आशा बोकी बाची राछु अझै/
साच्चै तिम्रो मन अचेल उस्तै छ कि बेग्लै/
तिमि यक्लै चितवनमा क्याम्पस घर गर्दै/
म छु आज धेरै टाढा बस्छु आशु झर्दै/
हरियाली पाखामा फक्रेको जिबन यो/
आज आयर मरु भुमिमा ओईलाई रहेछ/
उनीलाई अफ्नो बनाउने सपना मेरो/
आखिर सपनामै सिमित रहेछ/
सयौँ थिए जिबनका लक्षहरु मेरा/
मात्र अहिले संघर्षमा लडिरहेछु/
खै के भयो आज भोलि कोहीलाई सम्झी टोलाई रहन्छु/
पाउने मैले होकी होइन सपनीमा बोलाई रहन्छु/
सक्दिन भो तिमि बिना अरु धेरै दिन काट्न/
चर्की रहन्छ मुटु मेरो पाए हुन्थ्यो मन साट्न/
खोट के छ भन मेरो तिम्रो सामू झुकी दिउला/
अनि तिमीलाई नपायनी साच्चै बरु चुकी दिउला/
आफ्नो स्वार्थ पुरा गर्न अरुलाई मार्छन मान्छे/
संगै हेडने साथी छाडी हतार अघि बढ्छन मान्छे/
ज्ञान गुन बिध्या भासन अर्कालाई सिकाउदै/
हातको मैलो दुइ पैशामा अपराध गर्न सर्छन मान्छे
उनकै साथ नपायसी धनको पोको के गर्नु र|
यक्लो जिबन बाची राछु रंग रोगन के भर्नु र|
मेला पात लेख बेसी रोधी घर संगै धाउथेउ|
तिमीले छाडी गय पछि अतित सम्झी के गर्नु र|
क्याम्पस पढ्न साइकिल चडी मिठा बात गर्दै जान्थ्यौँ|
#तिमीले दिएको प्रेम पिडा नमेटिने छाप भयो|
#बिदेशी जीवन बिताउन मलाई कैदीको जस्तो जेल भयो|
#एकान्त नै राम्रो लाग्छ आजभोली किन होला|
#साएद लाग्छ तिम्रो माया नमेटिने छापले होला|
#सोचेको थिए सजाउने सपना आज कता बिलाई गय

स्मारीका पुस्तक २०१०
साहित्य
शुभकामना
शुभकामना छ सल्यान प्रवास तिमीलाई
हाँसो,खुसी बनाउ सल्यानी दाजु भाइ दिदी बहिनी लाई
शुभकामना छ सल्यान प्रवासी दाजु भाईहरुलाई
याम के.सी.
फोन . ०१६४३४४२१८
नेतालाई सल्लाह
ए ं! के हेरेको नेता ,
देशको सारा भोटो च्यात्ती सक्यो ।
कुर्सीको रौनक मेटेर हेर एता,
छालै नढाक्ने गरी लुतो सल्कि सक्यो ।
आफ्नै आशा मात्र के गर्छौ टाइसुटको
खुट्टामा चप्पल नभई तीखो काँडा विझी सक्यो ।
जती खाएपनि नखघाउने के नाटक गर्छाै वाईभुलको
बिजेको बिज्यै छ आशामा अवकाश छ आँसुले सारा भिजी सक्यो ।
किन खान्छौ बाँचा कसम किन गर्छौ प्रतिवद्धता
निमुखा जनताको चाहाना पचाई भने
किन गर्छौ जनताको आँखा छल्ने काम
बरु आफैं खाउ, आफैं लाउ सबै सर्वनास बनाउ
कित हो भने जनताको यो देश
लाग तल्लीन भई बनमई जनताकै भेष
नत्र अपाङ्ग देशलाई सपाङ्ग के बनाउछौ क्षेणिक
बरु बन्दको बन्दैमा पार मंहङ्गि अनि जहाको तही मार
कित चाडै उद्धत चाहानालाई पार लगाउ
होईन भने अझै समाउ कमाउ पैसो
कहिल्यै नझार जनताको घरको धंैसो
च्यतिएका थङ्नामै कुवाउ ,अझैकति रुवाउछौ रुवाउ
तिम्रो इज्जत होइना बेइजत रहुन्जेल
तान अझै तान कुर्सीको खुट्टा भांचिउम्जेल
किन लग्छौर विश्रम अड्याउने जनता छदैछ
हान तिखो वान् अझै दुस्मनलाई भनि जनतालाई
किन लुक्छौ र भुषको आश्राम बनाइ, वेष्या भनि पत्याउने जनता छदैछन्
हत्यहिंसा, महङ्गी, दर्घटना र विदेश पलाएन
अनि सुन मिडियामा मरेको मस्त गरी
गुहार हाते भारे अनि लुछ्न लगाऊ
सारा देशको अङ्गलाई चुस्त पारी
अनि नदेख प्राकृतिक श्रोत लुट्ने गरेको
ए नेता हो ,बन्न सक्छौ भने अझै बन बैसालु केरा
गर साथ भारत , र अमेरिका धनका पश्र्व केश संगै
बसिरउ स्वर्गसरी महलमा तान चरेश र गाजाको नसा
अनि गर हरेक पटकको वचन र मिडिया भंग
नामले मात्रै बन नेता अनि बन तन्नेरी केटी
जनतालाई भुलाउदै एक छिन् , लाग कसेरै यहाँ पेटी
बरु पुग्दैना भने , हामी लागेका लाग्यै छौं
उत्पादन् गर्नमा अन्न वाली अनि गाँजा
हाम्रो सुताई ,खाना ,अनि नभएनी चाहाना परिवर्तन सज्जा
जनतालाई बनाई निराश, आँफुले मनाई अशमर्थताको अवाश
लेउ बेइज्जत रहुन्जेल सारै मज्जा ।।
खड्ग वि.सी. (संगम)
बाँझकाँडा ७ सल्यान
विदेशको पिडा
विदेशी हुन रहरले होईना आँमा वाध्यता परेर ।
दुःख र सुख अगांल्छु भन्दा पिर पर्छ भनेर ।।
भाविले पनि के लेख्यो आँमा यो मेरो निधारमा ।
कहिलै पनि आँउदिन आँमा विदेशी ठाँउमा ।।
जे भने पनि सहनु पर्ने आँमा विदेशी ठाँउमा ।
हे मेरा दाजु हे मेरा भाइ नआउ है विदेशमा ।।
यो दुःख सम्झि मेहनत गरे आँमा सुन फल्छ नेपालमा ।
दुःख सुुख जे भएपनि आँमा फर्कन्छु नेपालमा ।।
हे मेरी प्यारी सम्झेर मलाई नरुनु गाउँमा ।
एक दिन फर्कन्छु प्यारी त्यो रमाईलो ठाउँमा ।।
एकदेव के.सी.
थारमारे गा.वि.स. वडा न ३ खाली , सल्यान
नयाँ नेपाल मिलिजुली बनाऔं
बम र वारुद्ध समाउने हातले आज
कपि र कलम समाउनु छ ।
विगतमा भएका कमजोर मानसिकतालाई
हामी सबै युवा वर्गहरुले उच्च र फराकीलो वनाउनु छ ।
हाम्रो देश जोगाउनाका निम्ति बलीदान दिएका
विर शहिदहरुले बगाएको रगत र पसिनाले
स्वर्णिम् अक्षरले इतिहासमा लेख्नु छ ।
अन्धकार र अशिक्षमा पिल्सीएका,
दःुखी र गरीव जनतालाई चेतनाको बाटोमा ल्याउनु छ ।
क्रान्ति र आक्र्रोशले बल्झिएको ठाउँ
शान्तिमय र बासना युक्त बनाउनु छ ।
बल बहादुर वली
लेखपोखरा ५ सल्यान
हाल मलेशिया
फोन ०१६५४२७२१७
दुनियामा माया गर्ने धेरै मैले पाएँ ,
र्याली हुन्थो माया पाउन तर तिम्लाई धाएँ
गाली गर यात तिमी यात मलाई माया
लाज मानी नवसे है म त माग्न आएँ
लज्जाएर बसेपनि म त तिम्लाई पाउने
बिर्सीएर जान्छ्यौ किन चोखो प्रित लाउने
सिलाएर भए पनि माया जालले छाउने
निरास हुने मनै छैना तिम्रै गीत गाउँने
स्याउ नै चाहिन्छ भन्दिनम आँप भए पुग्छ
चलाएसी छुट्ने कुरा यो मुटुु त दुख्छ
लत्याई माया हिड्यौ भने यो मन मेरो दुख्छ
हो नि साचै यो मन मेरो तिमी तिरै ताक्छ
दुर्गा वि.सी. (निश्चल)
बाँझकाँडा ७ सल्यान
विदेको पिडा
राज कुमार राणा –क्षेत्री
सुन्छु आँमा साथी मरेको देख्छु आँमा अपङ्गलाई
रुन्छु अनि छट्पटाउछु रमाउछन् ति सुखी भाई
कतिका खुट्टा छैनन् आँमा कतिका हात छैन
कति रुन्छन् कराउछन् आँमा मरे पनि सात छैन
सुन्छु अनि जान्छु आँमा देख्छु त्यहि लास
रुन्छु अनि फर्कन्छु आँमा , छैना गास वास
जन्मभुमि छाडी आँमा प्रदेशमा आयौँ
नजा भन्थ्यौ आँमा , नमानेर दुःख साहारै पायौँ
कमाई कजाई नभई आँमा इलीकल भई भाग्यौं
पुलीसले पकडे आँमा फासी पनि माग्यौं
सोच्छु अनि सम्झन्छु आँमा बनपाखा चौतारीमा झर्थ्ये
सल्यानी भई हिड्थ्य आँमा ओराली अनी उकाली चड्थ्ये
लेखपोखरा पाखापानी १ ढाकुडाँडा सल्यान
हाल मलेशिया (मलका)
सम्पर्क नः०१६६५३०७०९
साहिरी
लिल बहादुर घर्ति मगर
गुलावको फुल रोपेको थिय तर कसैले भाँचिदीयो ।
एउटा संगीनी बनाएको थिय तर अर्कैले लगीदियो ।
किन बजाउँ बासुरी किन गाउँ गाना ।
जव तिम्रो याद आउछ छाडिदीन्छु खाना ।
गुलावको फुल झरे पनि काँडा झर्दैन ।
प्रेममा विछोड भए पनि माया कहिलै मर्दैन ।।
खावाङ्ग ९ काँईया प्युठान
हाल ः मलेशिया
सम्पर्क नः ९८४७९३०८९८
जिवन कविता
हेमराज बुढाथोकी
छोटो जिवनको लामो यात्रा पनि संगै गर्नुपर्ने ।
जिन्दकीको खोला अनि नाला पनि संगै तर्नुपर्ने ।।
लेख संगसंगै वेशी पनि त झर्नुपर्ने ।
विवस्ता र बाध्यताले सात समुन्द्र तर्नु पर्ने ।।
सुन फल्छ मोती फल्छ पसिना त छर्नुपर्छ ।
जिते संग संगै जिउने हारे पनि संग संगै मनुपर्छ ।।
सम्झन्छु ति बनपाखा अनि पान फुललाई ।
तिर्खा लाग्छ पानी खोज्छु सम्झन्छु सल्यानी मुललाइ ।।
संगै सात दिन लाग्छ कमिलाका हुललाई ।
माफी माग्छु , पाउ पर्छु अन्जानको भुललाई ।।
जिताथान ३ सल्यान
हाल मलेशिया (मलका)
सम्पर्क न ०१०२६२३२६८
ब्रमाण बादहरु
उज्वल वि.क.
औंसीका रातमा जन्मेका सामान्तिहरुले
पूर्णिमाको उज्यालो देख्न त बाँकी नै छ ।
जातिय भेदभाको अध्यारोमा बाँचे पनि ,
मुर्ख सोसकहरु मन त हाम्रो आँटी नै छ ।।
हामि पनि त मान्छे नै हौं १६औं शताब्दिका मलामीहरु,
फरक छैन मानव स्वरुप अनि रातै छ हाम्रो रगत ।
कति दिन खुम्चियर वस्ने भन्छौं दलितको छातिमा लातहान्नेहरु,
दन्काउनेछौं विद्रोहका ज्वारभाटाहरु अनि खरानि बन्नेछौं अवत ।।
ऐ क्रुर दानव रुपि मानवहरु अव माफ माग हामी संग ,
अनि विर्सी देउ तिम्रा ति विगतका तुच्छ ब्यवहारहरु ।
२१औं शताब्दि संगै परिवर्तन हुन्छौ भने फटाहरु ,
स्वगत छ तिमीलाई हातेमालो गर हामी संग वरु ।।
यो नयाँ युगमा पनि लडाई लड्छौ भने ब्रमाहन वादहरु ,
अन्तिम लडाई तिमीले नै हामी संग हार्ने छौ ।।
उजाड हुने छन् तिम्रा अन्धविश्वसका वस्तिहरु ,
अनि अमुल्य जिवन वरवाद पार्ने छौ ।।
यदि जातिय भेदभाव रहित समाजको निर्मान ग¥यौं भने ,
खुसी हुनेछन् सर्वहारा वर्गहरु सघर्षको विगुल फुक्ने छौ ।
हामी भित्र भएका सिप र कलाले गो प्यारो नेपाल ।
पुर्व मेचि देखी पश्चिम महाकाली सम्म सजाउने छौं ।।
सल्लाहकार सदस्य
सल्यान प्रवास सेवा समाज मलेशिया
दमाचौंर ३ सल्यान
हाल मलेशिया
धार्मिक स्थलको एक चिनारी
नारायण प्रसाद गिरी
सल्यन जिल्लाको लुहाम बजार देखी डेढ किलोमिटर उत्तर पुर्व ुसल्यखोला बजार र टुनिबोट बजार देखी उत्तर गैरा सल्ले भनिने ठाँउमा एक ऐतिहासीक शिवमन्दिर छ । उत्त शिव पार्वती मन्दिर करिव करिव दुई विगाहा जमिनको विचमा अवस्थित छ । स्थनीय वासिन्दाहरुले सल्लेको फुलवारी भनेर नामाकरण गर्ने गर्दछन् । त्रीवेणी गा.वि.स. वर्डा न ३ मा रहेको उत्त फुलवारीमा करीव ४०० जति आँपका रुखहरु छन् । ति आँपका बोटहरु सबै बुढा भैसकेका छन् ।गाउँ वस्ती देखी एकदमै एकछेउमा रहेको उत्त फुलवारी धेरै पुरानो हो भन्नेकुरा त्याहाँ रहेका फलफुलका बोट विरुवा र शिव पार्वतीको मन्दिरको ढोकामा कुंदिएका बुट्टाहरुले स्पस्ट जनाउँद छ । उत्त मन्दिर करीव तिन सय वर्ष पुरानो भएको अनुमान छ । फालावाङ्गी राजाले फलावांङ्गको नयाँ दरवार निर्मण गर्दा संग संगै सल्लेको शिव मन्दिर पनि निमार्ण गरेको किम्बदन्ति सुन्न पाईन्छ । उत्त शिवमन्दिर रहेको गुठी जमीन दुई विगाहा जति छ । शिव पार्वती मन्दिरको नाममा रहेको खेत नौ रुपनि सल्यखोलाको पुतली खेत भन्ने ठाउँमा छ । उत्त शिव पार्वती मन्दिरको जमीन श्री रुम्ता गिरी नाम गरेको ब्यक्तिले आपm्नो नाममा रहेको श्रेस्ता धार्मिक स्थलको निर्मान गरी सामाजिक र धार्मिक शिवमन्दिको नाममा नामाकरण गरी आँफु सन्यासी ब्रमहचारी भई उक्त मन्दिरमा पुजापाठ गर्ने सस्कार चलाएर त्यहाँ बाट कसैले थाहा नपाउँने गरी अन्तरधान भएर प्युठान जिल्लाको सोर्गद्धारी भन्ने ठाउँमा गएको कुरा पुराना सुर्खाहरुको मुख बाट सुन्न पाईन्छ । सो शिवमन्दिरका संस्थपक रुम्ता गिरीका भविष्यवाणी अझै पनि गााउँघरमा बुढापाकाहरु बाट सुन्न पाईन्छ । उक्त शिवपार्वती मन्दिरमा अझै पनि दैविक शक्तिरहेको कुरामा स्थानिए बासीन्दाहरु विस्वास गर्दछन् । सुन्नमा पनि अचम्म लाग्दो कुरा छ , भने धेरै वर्ष अगाडिको कुरा हो त्रीवणी गा.वि.स. वडा न ४ सिम्क डाडाँगाउँ भन्ने ठाउँमा हैजा, झाडा, पखालाको महामारी रोगले सारा गाउँवस्ती स्वहा भएछन् र मरेका मान्छेहरुलाई शिम्क बैगारा भन्ने भिरवाट तलतिर फालीने गरीएको रैछ ।सयौको संख्यामा फालीएका लासहरुको दुर्घन्धले छिमेकी वडा गैरासल्य वडन न ३ का वासीन्दाहरुपनि विरामी हुन थालेछन् । त्यसै समयमा रुम्ता गिरीलाई सपनामा भनिएछ “यदि तेरो गाउँका जनतालाई वचाउन चाहान्छस् भने ततर वितर फलीएका लासहरुलाई समान्धी गरी शिवमन्दिर तयार गर ” सपनामा कसैले सुनाएको महावाणीलाई आत्मासात गरेर बाबा रुम्ता गिरीले शिवमन्दिरको शिलान्यस गर्नु भएको किम्बदन्ति अझै प्रस्ट स्थानिए वुढापाकाहरु बाट सुन्न पाईन्छ । आज भोली पनि गाउँमा कुनै दैविक प्रकोप , आपत विपत आइनपरोस भनेर मन्दिरमा पुजापाठ गर्ने चलन छ । स्थानीय वासीन्दा गिरी जातीले उत्त शिवमन्दिरमा पुजापाठ आरधाना गर्दै आइरहेका छन् । अहिले पनि रुम्ता गिरकिा सन्तान नाती पनाती नाता पर्ने डम्बर बहादुर गिरीले पुजापाठ गर्दै आउँनु भएको छ । उहाँको उमेर अहिले ७२ वर्षको भइसकेको छ । उहाले पुर्खेउली परम्परालाई बचाइ राख्न भावी युवा पुस्तालाई ज्ञन वद्र्धक कुराहरुको सल्लाह सुझाव दिने गर्नुहुन्छ । प्रटकिए स्थलको रुपमा त्यति चर्चामा आउना नसको गैरासल्य मन्दिर दाङ्ग सल्यान मोटर बाटो देखी मात्र १ किलो मीटर टाढा छ । सल्यखोला र टुनिबोटको विचमा पर्ने जोगी जोगीनी खोला बाट स्थानिय वासिन्दा र गा.वि.स.को लगानीमा उक्त मन्दिर सम्म कच्चि मोटर वाटो निर्माण गरीएको छ ।
कुर्सीको लागी मात्र तछाड मछाड गर्ने राजनैतिक पर्टीहरुका नेताहरुको ध्यानाकार्षण हुन सकेमा उत्त क्षेत्रपनि पवित्र धर्मिक स्थलको रुपमा चिनीने थियो ।
त्रीवेणी गा.विस. वर्डा न ३ गैरासल्य सल्यान
हाल मलेशिया
क्षायाक्षेत्र मम्दिर
लोकेन्द्र रेग्मी
राप्ति अञ्चल सल्यान जिल्ला क्षयाक्षेत्र गा.वि.स. वडा न १ मा अवस्थित शिखर शैलीमा रहेको सत्तिपिठ परापूर्वक काल अगाडी श्री स्वस्थानीमा उल्लेलित भएअनुसार महादेवले सत्तिदेवीलाई काँधमा हालेर पृथ्वी भ्रमण गर्ने क्रममा जहाँजहाँ सत्तिदेवीको अङ्गपतन भयो त्यहाँ त्यहाँ एक एक शक्ति पिठ उत्पन्न भयो बाँकी रहेका सम्पूर्ण अङ्ग शेष पतन भएको एस क्षायाक्षेत्रमा शत्तिदेवीको अन्तिम बाँकी शेषहरु पतन भएकोले यस क्षेत्रले विशेष महत्व पाएको छ । यस स्थिान शारदा नदि , लंकनी खोला , जथाकको लेख , शंखमुल धार्मिक तिर्थस्थिलको विचमा रहेको यस स्थानमा शिलापत्थरबाट धेरै टाढा टाढा सम्म देखीने गर्दछ । यहाँ साघु सन्तहरुको निवास रहेको छ । सो स्वर्गलाई चिनाउने मा स्व. नागा वावा प्रेम गिरी महाराजको ठुलो देन छ । यहाँका मठमन्दिरहरु श्रदालु भक्तजनहरुबाट र केहि संघसस्था ,नेपाल सरकार बाट पनि यस क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउने भएकोले केहि पूर्वाधरहरु तय गरीएका छन् । यहाँ क्षत्रेश्वरी भगवतीको मन्दिर , शिवालय मन्दिर , धर्मशाला , पाठशाला , यज्ञशाला र सन्तान धर्मसेवा समितीको जिल्ला शाखा रहेको छ । यहाँ मोटर बाटो , पानी , विजुलीको सुविधा छ । धुनिधर निर्माणको क्रममा छ । सघुहरुका मठसमाधि रहेका छन । यहाँ श्रद्धालु भक्तनाहरु पुजाअर्चना गर्नको लागी छिमेकी जिल्ला र टाढा टाढा बाट आउने गर्दछन् । यहाँ मुख्यचाडहरु महाशिवरात्री , चैतास्टमि , श्रवान महिनामा , सरस्वति , चन्डि पाठ गर्ने र कृष्ण अस्टमी , वडादशै माघेसक्राँित आदि पर्वमा भक्तजनहरु यहाँ आई आफ्नो मनकामना पुरा होस् भनि पुजा आर्चना गर्ने गर्दछन् । शंखमुल तिर्थस्थलमा स्नान –(नुहाइ) गरी भक्तहरु आउने जाने गर्दछन् । महादेवले भ्रमण गर्ने क्र्रममा शंख सोही स्थानमा खसेकोले सो स्थानमा शंखकै आकारमा पानी अनउने गर्दछ । उक्त स्थानमा श्रदालु भत्तजनहरुलाई सुविधा पुराउन धार्मिक र प्रटकिय क्षेत्रको विकास गरी आफ्नो क्षेत्र , देश र विदेशमा पनि यसको महत्वो वढाउनको लागी यस समितीको तर्फ वाट विभिन्न संघ संस्था , कार्यालय नेपाल सरकार र अन्तराट्रिय बाट पनि सहयोगको नितान्त अनवस्यक छ ।।।
क्षायाक्षेत्र ८ सल्यान (शिक्षक)
मुक्तक
जगदिस गिरी
आज भोली किन किन मलाई के पो भयो
तुवालोले हाच्छौं गर्दा मुहार मेरो छोयो
कहिले यता कहिले उता अनिश्चित छ यात्रा
कति थियो मनको इच्छा खोला संगै बग्यो
हिमाल हाँसी सेता दांत गिज्जाउदै छ ,
धर्ति केही नभएर आफ्नै तनले जिस्काउने नै भयो
रित्तिएको खोक्रो आसा कति च्यापु काखमा
सिमलको भुवा जस्तो कमल मन पत्थर बनि दियो
सरद ऋतु संग नाता जोड्ने रहर पलाउदै थ्यो ,
आँधि चली रहर सबै उजाड पारी दियो ।
कमजोर यो भाग्यले माया कसैको पाउन सकेना
असफल यो जिन्दगीले संस्कार कसैको पउना सकेना ।।
त्रिवेणी गा.वि.स. वडा न २ डाडाँसल्ले सल्यान
हाल मलेशिया
सम्र्पक न ०१६२९१४०७३
गीत
रुद्र मधु डि.सी (गायक)
१, सल्यानको अदुवा पिउठानको टिमुर ,
रोल्पाको भाँगवारी रुकमको कामल ,
यि सबै बेचेर खादैछौ दाङ्गको चामल
२, अग्ला पहाड यो अञ्चलका सिस्ने र जलजला,
झिर्मुख मडि , भेरी बबै सल्यानको सारदा ,
विदेशमा धाउनु पर्ने बाध्यताले गर्दा
सल्यानको ...............................
३, रोल्पा, रुकम, मंगर बडी, सल्यान पिउठान क्षेत्र,
सबै ठाउँमा हरेक जाती दाङ्गमा थारु बडी
देखाइ दिए अरु सवलाई त्र्रmन्ति शिक्षा पडि
सल्यानको...................................
४, हिजो गउने मायाको गीत सबैले छोडी सके ,
बन पाखा दाउरा घाँस त्र्रmन्ति गीत गाउनाले
सबै भन्दा पिडा बोके रुकम र रोल्पाले
सल्यानको ..................................।
५, काला पार बाँदर भन्थे अहिले बहादर भय
भन्ने ठाउँ पुगीन्छ है सही विचार भय,
सल्यानको अदुवा ..................।
थारमारे गा.वि.स. वडा न ५ लस्तम् सल्यान
भावना
दिपेश पुन मगर
वर्षा मासको झरी पनि यो दुःखिलाई छिटा भो ।
मिलन सम्झि लाय माया विछोडको जित भो ।।
जुनि जुनि बाँच्ने कसम हामिले खाएकै थियौ ।
अहिले आएर किन मलाइ विछोडको पिडा दियौ ।।
तिमीलाई पाउने पुकार पनि बैरागीको गित भयो ।
वर्षा यामको झरी पनि यो दखीलाई छिटा भयो ।।
मिलन सम्झि लाय माया विछोडको जित भयो ।
संसार पनि कस्तो रैछ हाँसो संगै आँसु आयो ।
विछोडको पिडा सम्झि झनै मेरो मुटु खायो ।।
त्यै पिडाले जिउदो शरीर मरे तुल्य चित्ता भयो ।
वर्षा यामको झरी पनि यो दुःखीलाई छिटा भयो ।।
मिलन सम्झि लाय माया विछोडको जित भयो ।।।
साँचो माया सम्झे तिमीलाई ठुलो भुल यही भयो ।
हाँसी रहने यो मनमा साथी मेरो आँशु भयो ।।
तिम्रो माया आखिरीमा भिखारीको भिख भयो ।
वर्षा यामको झरी पनि यो दःुखी लाई छिटा भयो ।
मिलन सम्झि लाय माया विछोडको जित भयो ।।
फोप्ली गा.वि.स. वडा न ३ प्यूठान
सल्यान जिल्लाको संक्षिप्त परिचय
लाल बहादुर बुढा मगर
देशको राजधानी काठमाडौं बाट करिव ५०० किलोमिटर पश्चिममा रहेको सल्यान जिल्ला २ निर्वाचन क्षेत्र ४७ गा.वि.स. ले समेटेको राप्ति अंञ्चलको एक रमणीय पहाडी जिल्ला हो । दक्षिण क्षेत्रको काफ्रेचौर यस जिल्लाको सबै भन्दा होचो भुभाग मानिन्छ भने पूवी उत्तरी सिमानामा रहेको कुमाखको लेख जिल्लाको सबै भन्दा अग्लो मानिन्छ । यो जिल्लालाई पूर्वमा रोल्पा , पश्चिममा बर्दिया र सुर्खेत ,उत्तरमा जाजरकोट र रुकम , दक्षिणमा दाङ्ग र बाँके जिल्लाले घेरेका छन् ।जनसंख्याको स्वरुप हेर्दा करिव करिव महिला र पुरुष आधा आधाको संख्यामा देखिन्छन । धर्म अनुसार सबै धर्मालम्वीहरुको बासस्थान मानिन्छ । तापनि हिन्दुहरुको संख्या बढी छ । जात जातिको दृष्टिले हेर्ने हो भने सबै भन्दा क्षेत्रीहरु बढी देखीन्छन् ।त्यस पछि मगर , कामी ,ब्रहमण ,योगी , ठकुरी , दमाई , नेवार , राई , गुरङ्ग , कुमाल , गाइन , वादी , आदि जाती पर्दछन् । जेहोस सल्यान एउटा पहाडी जिल्ला हो तर पनि यो प्राकृतिक साधन श्रोतले ,आफ्नै धार्मिक साँसकृति र अन्य विषेष्ताले कम् सम्पन्न छ भन्न मिल्दैना । यस जिल्लाको प्राकृतिक सम्पदा मध्य वनजंगल अति महत्वपूर्ण मानिन्छ । यहाँको विभिन्न उद्मोगहरुलाई कच्चा पद्र्धाथ उपलब्ध गराउन आयआर्जन गर्न पशुधनलाई घासपात उपलब्ध गाराउन जडिबुटी उपलब्ध गराउन सामान्य जनजीवनलाई चाहिने काठ दाउरा मौसम नियन्त्रण गर्न पानीको कटान बाट माटोको उर्वरा शक्तिको रक्षा गर्न ज्यादै अवश्यक छ ।
नेपाल विश्वमा ब्राजिल पछि दोस्रो प्राप्त जल उपयोग गर्न सकिने सम्भावना भएको मुलुक हो । त्यसैले प्रदेशमा हामिले जे जस्तो जलस्रोत पाएका छौ त्यसमा सल्यान जिल्लाको जलस्रोत पनि आफ्नै भुमिका छ । यहाँको प्रमुख नदि शारदा हो । जलस्रोतको विकासको क्रममा वढि जिल्ला संग आफ्नै प्रकारको जिल्ला स्तरिप जलस्रोत प्रयोजना तर्जुमा कार्यन्वयन हुन सक्ने हो भने सल्यान जिल्ला संग प्रयाप्त उर्जा उपलब्ध हुने देखिन्छ । किनभने हामी संग प्रयाप्त पानी छ । हजार मिटर प्रतिसेन्ड पानी सय मिटर उचाई बाट खसाल्दा १ मेघावाट ÷ १०००किलोवाट वधुत् छेमता सिर्जना हुन्छ । जलस्रोत अतिरीत्त सल्यान जिल्लाले भेरी र बबै नदिलाई पनि कुनै न कुनै रुपमा प्रयोग गर्न सक्छ । भेरी नदि सल्यान जिल्लाको पश्चिमी सिमा भएर बगेको छ भने बबै दांङ्ग जिल्लाको पश्चिमी सिमा बाट सल्यान जिल्लाको रामसुर काल्चे र काप्रेचौर गा.वि.स.भएर वगेको छ । यस जिल्लामा वनजंगल र नदिनाला मात्र छैनन पर्यटकहरुलाई लोभ्याई राख्न , धर्मलम्वीहरुलाई आकर्षित गर्ने खालका राम्रा राम्रा दह र मठमन्दिरहरु पनि छन् । कुपिन्डे दह , कछुवा दह , खैरावाङ्ग मन्दिर , कालीमाटि भगवती मन्दिर ,लक्ष्मीपुर पिठ , शंखमुल क्षायाक्षेत्र मन्दिर मोखला शिवमन्दिर लगायत आदि यस जिल्लामा पर्दछन । यस जिल्लाको सबैभन्दा महत्वपूर्ण कृषि क्षेत्र नै मानिन्छ । यहाँ धान खेतिको लागी अयोग्य भएतापनि पाखो जमिनमा अमुल्य जडिवुटीको खेति लगाएत दैनिक उपयोग गर्न तरकारी खेति प्रसस्त गर्न सकिन्छ । यदि कृषि क्षेत्र र घरेलु उधोगमा जोड दिन सके गरीवी घटाउना र रोजगारी प्रदान गर्न सकिन्छ । जस्तो कृषि क्षेत्र बाट कृषिजन्य कच्चा पदार्थ लिएर कृषि उधोगमा कृषि पेसालाइ नछोडेर उधोग क्षेत्रमा सेवा क्षेत्रमा आदि त्यस्तै घरेलु उधोगहरु जडिवुटी उधोगको साथै ठुला र सेवागत उधोगहरुमा सिमेन्ट उधोग र प्रटक उधोग खोल्ना सकिन्छ । ता कि सल्यान जिल्लामा ठुलो संख्यामा रहेका आर्थिक रुपले सकृय एंवम निस्कृय जनसंख्यालाई प्रसस्त रोजगारी दिन सकिन्छ ।
लेखपोखरा ८ ढोरनी सल्यान
शुभकामना
प्रदेशको भुमिमा दुःख कष्टका सात काम गर्दै संगठित भई अगाडि बढेको सल्यान प्रवास सेवा समाज मलेशियाले स्मारीका प्रकाशन गर्नलागेको सुखद उपलक्ष्यमा देश तथा विदेशमा रहने संम्पूर्ण सल्यान जिल्ला वासीहरुको ऊत्तरोत्तर प्रगतिको लागि हार्दिक शभकामना ब्यक्त गर्दछौ ।
प्रदेशबाटै भएपनि संगठित रुपले अगाडि बढे आफ्नो आफ्नो गाउँ समाज र आफ्नो देशको लागि केहि गर्न सन्छि भन्ने कुरालाई मध्यनजर गर्दै संगठित रुपले अगाडि बढेको सल्यान प्रवास सेवा समाजले दौस्रो वर्षको कर्यकालमा कयौं उल्लखेनिय कामहरु गरेको सुन्नपाईएको छ । यसरी नै सम्पूर्ण श्रमिक मित्रहरु संगठित रुपले अगाडि बढे जे पनि गर्न सकिन्छ भन्ने उदहरण पेश गरेको छ सल्यान प्रवास सेवा समाजले सल्यान प्रवास सेवा समाजको भविष्यको उत्तरत्तर प्रगतिको कामना गर्दै सम्सूर्ण श्रमिक मित्रहरुलाई संगठनिक रुपले अगाडि बढ्न आहन गर्दछौं ।
बर्दिया जिल्ला एकता समाज
केन्द्रिय समिति मलेशिया
पेनाङ्ग राज्य समिति
कविता (शारदा)नियम बहादुर बि.क.
बग्छेउ शारदा नाग वेली झै तराईका फाट सम्म ।
दिन्छेउ मुरस्कान कृषकलाई गरा भरि भई टम्म ।।
हिम सिखर नै हैना मुहान स साना खोल्सा हुन् ।
शारदाको नाम लिई बग्दा हर्ष विभोर भई रम्दछन् ।।
ऋतु महिना नछुटाई बग सदा बहार शारदा ।
तिमी नै हौ जिउने साहरा तिमी नै हौ अन्न दाता ।।
दाँया बाँया मोटर बाटो छ तिमी बग्छौ विचमा ।
झुक्कि कहिले कटान नगर राखि आफ्नो सिमा ।।
निरणतर बगीरहने कति लामो छ बाटो ।
हाँगा विगाँ गराहरुमा रख्छौ मलीलो माटो ।।
साथैमा छ शंखमुल अनि मोखला तिर्थस्थल ।
गन्तब्य हिन् यात्रामा हिड्छौ नगरी अलमल ।।
कहि खोन्छौ ढुङ्गे साँघु कहि खोज्छेउ पुल ।
प्रकृतिको निएम हो शारदा हैना तिम्रो भुल ।।
दमाचौर ३ सल्यान
गजल
शिला वि.क.
पहाडि क्षेत्रको यो रमनिय ठाउँ यहाँ
सधैं भरी रमाउँदै हाँस्न खेल्ना पाउ यहाँ
भगवान पनि खुसी हुन पवित्र मनले पुजा गर्दा
खैराबाङ्ग र छत्रेश्वरी मन्दिरमा जाउँ यहाँ
पहाडि क्षेत्रको यो रमनिय ठाउँ यहाँ
सधैं भरी रमाउँदै हाँस्न खेल्ना पाउ यहाँ
कति राम्रो डाँडा काँडा वनजङ्गल भिर पाखा
हरीयाली मुना संग चोखो प्रित लाउँ यहाँ
पहाडि क्षेत्रको यो रमनिय ठाउँ यहाँ
सधैं भरी रमाउँदै हाँस्न खेल्ना पाउ यहाँ
कतै ठुला लेख अनि कतै सम्म फाँट भएको
नमुनाको रुपमा जाने कति राम्रो गाँउ यहाँ
पहाडि क्षेत्रको यो रमनिय ठाउँ यहाँ
सधैं भरी रमाउँदै हाँस्न खेल्ना पाउ यहाँ
कुमाखको लेख राम्रो फेदमा बग्ने शारदा खोला
विशाल त्रीस्ना बाकेको कुविन्डेमा धाउँ यहाँ
पहाडि क्षेत्रको यो रमनिय ठाउँ यहाँ
सधैं भरी रमाउँदै हाँस्न खेल्ना पाउ यहाँ
लेख वेसी मेलापात गर्दै मन रमाउने
त्यसै कहाँ भा को होर सल्यान भन्ने ठाउँ यहाँ
पहाडि क्षेत्रको यो रमनिय ठाउँ यहाँ
सधैं भरी रमाउँदै हाँस्न खेल्ना पाउ यहाँ
छायाक्षेत्र १ छायाक्षेत्र सल्यान
पेशाः अध्यन श्री त्री.ज.मा.वि भोटेचौर, कक्षा १०
गित
निर्मला वि.क.
१, धेरै पछी रहेको जिल्ला,
अघि बढ्न कहिले मिल्ल
फुल फक््रmेको
एक विग्रेनी देख्न पाउँ हामीले धेरै सप्रेको
२ , खाको छ यो जिल्लाले हारै हार
नत यहाँ रोजगार छ सबै वेरोजगार

३ , नपरेसी पानी हाहाकार
हुना पर्दछ सब जिल्ला बराबर

छायाक्षेत्र ७ तुसारे सल्यान
पेशा ः अध्यन
सान्ति प्रेमी किन भन्दछौ ?
भावना के.सी.
यदि तिमी मनुष्य हौ भने
मानविय कर्म अंगाल ।
यदि तिमी विरका सन्तान हौ भने
नेपाल आँमाको स्थिती सम्हाल ।।
नेपाललाइ मात्रीभुमी ठान्दछौ भने
मात्रीभुमीलाई मुत्तकन्ठ देउ ।
यदि तिमी उद्धारवादि छौ भने ,
अलपत्र परेका सन्तानलाई सरणमा लेउ ।।
राष्ट र साहित्य प्रति माया छ भने
सधै राष्टवादि बन्न सिक ।
रष्टलाई निश्कंलङकित पार्न चहान्छौ भने
सारा भ्रष्छचार मन बाट झिक ।।
यदि नेपाललाइ सान्ति प्रिय कहलाउन चाहान्छौ भने
युद्धका खाल्डाहरु किन खन्दैछौ ।
यदि हत्या र हिंसा त्याग्न चाहादैनौ भने ,
नेपाललाई सान्ति प्रिमी किना भन्दछौ ।।
थार्रमारे गा.वि.स. वडा नः ९ रामपुर खाली सल्यान
रुचि ः देश र जनताको सेव गर्ने
पेषा ः अध्यन
नौलो संसार (कविता)
प्रेम बहादुर चंन्द
नौलो संसारमा रमिरहेको बेला
जन्म भुमिलाई विर्सन नखोज है ।
विदेशी खानामा रमिरहेको वेला
गाउँघरको ढिडो र सिस्नोलाई विर्सन नखोज है ।
दुइ पाउँकी कपडा लाएकी संग रमिरहेको बेला ,
घरका वुवा अननमा र श्रीमती छोरा छोरीला भुल्न नखोज है ।
टोटो र मेगनम काटिरहेको वेला
घरको ऋणलाई कहिलै विर्सन नखोज है ।
जाँड र रक्सी खाइ रहेको वेला ,
गाउँको चिसो पानीलाइ बिर्सन नखोज है ।
बिदेशी केटी संग हाँसी रहेको वेला ,
घरकी मनकी रानीलाई भुल्न नखोज है ।
नौलो संसारमा रमिरहेको बेला ,
प्राण भन्दा प्यरो जन्मभुमिलाई विर्सन नखोज है ।।।।
भल्चौर गा.वि.स. वडा न ः ७ सल्यान
रुचि ः समाज सेवा गर्ने
हाल ः मलेशिया –फोन ०१३३२५८४२८
स्वागत
(तिमीले बाटो देखायौ)
विरेन्द्र के.सी.
स्वागत छ प्रवास सेवा समाज तिमीलाई
जिल्ला वासीको आँखा देखायौ ।
मिलेर केहि गर्न सकिन्छ भन्ने
बाटो सिखायौ ।
अविश्वासको संजाल फैलीरहेको वेलामा
तिमीले विश्वासको पात्र बनी देखायौ ।
सम्पूर्ण विदेशीलाई एक गर्ने बाटो सिकायौ
तिमीले बाटो देखायौ ।
अनि त तिमीलाई स्वगत छ लाखौलाई एक बनायौ
थुप्रै दु ःखीका परिवारलाई खुसी बनायौ ।
सबै जिल्ला वासीहरुलाई सोच्न सक्ने बनायौ ,
तिमीले एउटा बाटो देखायौ ।
स्वर्थमा लागेकालाई सेवक बनायौ ,
एकताको बलको महत्व बुझयौ ।
तिमीले हामीलाई बाटो देखायौ
तिमीले हामीलाई बाटो देखायौ
कल्यानकारी शान्ति युवा संन्जाल (सचिव)
थारमारे ९ सल्यान
चुट्किला
कमान सिङ डागी
एकदिन राम र श्याम स्कुल जादै थीए । बाटोमा रामको पैसा हराएछ रामले पैंसा खोज्दा स्कुल आउना ढिला गरेछ । स्कुल ढिलो यएपछि सरले साध्नु भएछ , राम तिमी किन ढिलो आयौ ? रामले भने छ सर मेरो पैसा बाटोमा हरायछ त्यहि खोज्न लाग्दा ढिलो भयो सर । सरले फेरी श्यामलाई सोध्नु भएछ स्याम तिमी किन ढिलो आयौ ? श्यमल भनेछ सर मैले उसको पैसा कुल्चेर वसेको थिय त्यसैले ढिलो भयो ....हँ....अँ..
श्री कालीका मा.वि कोटमौला सल्यान
कक्षा ९
कविता “दुखेर आउछ मन”
बालकृष्ण वि.सी.
सुखेर गय पानीका मुहान फडानी भयो बन ।
नरमे्रा लाग्छ देखेर मलाई दुखेर आउँछ मन ।।
बढेर गयो मानिसको वस्ति धुवा र धुलो झन ।
छातिको ब्यथा बल्झियो फेरी हुदैछ आयु कम ।।
मुटुको रोग लागेर हजुर कढेर आउँछ दम ।

सडक ,घर वर पर फोहर नगरौ ।
महामारी रोगको हजुर फन्दामा नपरौ ।।
नहुदा चर्पि गाउँ नै हजुर दुषित हुने झन ।

भालेको डाको संग संगै उठौ पुरुष , महिला ।
घर आगन सहर गल्ली सफा पारौ पहिला ।।
काँधमा काँध मिलाउदै हजुर उठौं सकै जन ।
त्यसपछि मात्र खुसी होला हामी सबैको मन ।।

कोटमौला ३ गैरागाउँ सल्यान
वाल गीत
रेशम लाल ओली
आयो आयो रमाइलो बेला ।
लेख, पढ स्कुल गको बेला ।।
१, एक दुई अक्षर सिक्दै जाउ पछि हुन्छौ ठुला
गाँउ गाँउमा स्कुल खुल्यो भाग्यशाली कुरा
आयो आयो रमाइलो बेला ।
लेख, पढ स्कुल गको बेला ।।
२, अशिक्षा र अनपढ भयौ नजानेर पहिले ।
निशुल्कमा किताव पई पढ्न पायौ अहिले ।।
आयो आयो रमाइलो बेला ।
लेख, पढ स्कुल गको बेला ।।
३ , हिक्मत अघि बढाउ हामी कलाश पढौ पुरा ।
लेखौ, पढौ ,जानि बुझी गाँउ विकास गरौं ।।
आयो आयो रमाइलो बेला ।
लेख, पढ स्कुल गको बेला ।।
४, आया ेस्कुल पढेर छोडौ ।
विकास गरौ पछाडि नपरौं ।।
आयो आयो रमाइलो बेला ।
लेख, पढ स्कुल गको बेला ।।
श्री सरस्वती उ.मा.वि.शिवरथ सल्यान –शिक्षक)
कविता(अछुत म त )
ईन्द्र बहादुर भणडारी
सिप श्रम चल्ने भए , केवल मान्छे अछुत म त
रगत सबैको रातो भए , कसरी भए अछुत म त ।।
मुर्ति कुदे यिनै हातले , जुत्ता सिय यिने हातले ।
अछुत भनि हेला ग¥यो , सानो ठुलो भन्ने जातले ।।
पुजारी बा मन्दिर गए , मैले कुदेको मुर्ति समाई ।
मलनई भने बाहिर रोके , अटुतको बदनाम भिराई ।।
मैले सिय उनको भोटो , सिय टोपि कछाड पनि ।
पानी समेत बारेकाले , बाहिरै रोके अछुत भनि ।।
अत्याचारै गरेका छन् , ठुला जाती भनाउदाले ।
दैवले नि ठकेका छन् , जात जाति बनाउनाले।।
भेदभाव गर्न छोड , रगत सबैको रातो भए ।
मेरो श्रम फिर्ता गर , यदि म अछुत भए ।।
सल्यान शिवरथ ७ गोठिवन रातामाटा
हाल ः श्री सरस्वती उ.मा.वि. शिवरथ कक्षा १२ मा
गजल तुल्सा वली
आत्मा चिर्न जान्नेहरु खुसी खोस्न जान्दा रहेछन
गोल िहान्न नपाएनि वचनले हान्दा रहेछन
मानव जाती मानवलाई अप्राधिको संज्ञाकिन
लिङ्गे पिङमा सजाएर आफै खुट्टा तान्दा रहेछन
कोएली जस्तो स्वर दिदै सर्पको त्यो विष छर्न
सुन्दर फुल रोपे पछि त्यहि फुललाई खन्दा रहेछन
अस्तित्वको बगैचामा आगो लगाउन खोज्नेहरु
विलाइ जाने हिउ सम्झि स्वयमलाई सुन ठान्दा रहेछन
सानो घाउमा अम्ल राख्न नखोज है प्राणप्रिय
आफै हाँस अरुले त स्वर्थ खिच्न मान्दा रहेछन
आत्मा चिर्न जान्ने जान्नेहरु खुसी खोज्न जान्दा रहेछन
श्री सरस्वती उ.मा.वि. पेदिखोला सिवरथ ९ सल्यान कक्ष १२
गजल अमृता थापा
कोहिलाई यहाँ हिरामोती सुनको अभाव छ ।
कोहिलाई यहाँ एक ढिक्का नुनको अभाव छ ।।
काहिलाई भने रातमा जुनको अभाव छ
भए जति काटिय युद्धले वासहरु गरीवका
ठाउँ माग्दछन बाँच्न खोज्दछन् सुनुवाइ अभाव छ
कोहिलाई यहाँ हिरामोती सुनको अभाव छ ।
कोहिलाई यहाँ एक ढिक्का नुनको अभाव छ ।।
कोहि भन्दछन् वाँच्ना पाए हुन्थ्यो सधै सुखमा
काहि यता दिन काट्छन वेदना र दुःमा
कोहिलाई यहाँ हिरामोती सुनको अभाव छ ।
कोहिलाई यहाँ एक ढिक्का नुनको अभाव छ ।।
छायाक्षेत्र ७ तुसारे सल्यान
रुचि ः देशको सेवा गर्ने
पेशा ः अध्यन र घरायसी
प्रदेशि छोरा शारदा के.सी
धेरै भो गाको विरानो ठाउँ केइखवर आछैना ।
हिडेको यात्री विचल्ली कतै अप्ठेरो भाछैना ।।
सपना पनि नराम्रो देखे वितेको रातमा ।
चट्टान प¥यो छातिमन मेरो अधेरी रातमा ।।
वारकिो डिलमा ढुकुर जोडी कराउछन दिन दिन
पन्छीको भाषा नवुझीकन रुन्छ मन छिन छिन ।।
कोहेली वास्छ कुहु मा कुहु केइ खवर ल्यायोकी ।
विचल्ली परी अनाथ केटो केइ दःख पायोकी ।।
फुलेर केश सेताम्य अनि हीउझै भई सक्यो ।
आछैना खवर घरमा पनि दश वर्ष भई सक्यो ।।
गयको तिहार रोएर काटे आउँदोमा के गरु ।
नआएपनि खवर पठाउ वुझाउखा मा बरु ।।
मालीकले पनि ठग्योकी कतै त्यो पनि थाछैना ।
आशाको दियो निभ्यो की कतै खवरै पाछैना ।।
जाँ भयपनि फर्क है छोरा निरास नवनि ।
ऋण को भारी विसाउँला यही सहयोगी मवनी ।।
फटेको चोलो लगाई अनि चिथर ओढौला ।
गुन्द्रुक ढीडो स्वदेशमा नै वसी उक गाँस खाउला।।
साहुले लेला थ्यो गैरी खेत हामिलाई के गर्ला ।
फेरौला गिट्टी बोकौला ढाकर ब्याज मात्र तिरौला ।।
बाँचेर खानु मरेर लानु केछर जीवनमा ।
दु ः ख को भारी विसाउने चौतारी यो मनमा ।।
देवीलाई भाकल गदैछु मैले दिन रात गनेर ।
देधको भारा लाग्नेछ तिमीलाई फर्कन यो घर ।।
थारमारे ९ खाली
श्री महेन्द्र मा.वि. जीमाली कक्षा ९
भावना नविन गिरी
चोट माथी चोट पर्दा सह नै गाह्रो भो पुरानो घउलाइ ।
मलम पट्टी लगाई दिने कोहि छैना दुखेको घाउलाई ।।
स.धै खुसी देख्न चाहान्थे म, जन्म दिने आँमालाई ।
बाध्यता र विवस्ताले छोड्न प¥यो आँमाको न्यानो काखलाई।।
निदाउन खोज्छु रातामा लाग्दैना निद्रा पनि ।
विर्सन खोन्छु अतितका दिनहरु सक्दिन किना हो कुन्नी ।।
किना रुन्छ भन्छेउ होला मेरी साधना सम्झेर रातमा ।
दुखेको घाउमा मलम पट्टी लगाई दिने कोही छैन साथमा ।।
चोटै चोटमा जिन्दगी यो जिउन परेपछि ।
बाँचेको छु भन्न पनि लाज लाग्छ जिउँदै मरे पछि ।।
गित (आँउछु भागेरै )
जितेन्द्र पुन
हे.. पैसा खायो (दलाली फसेरैं)
म रुदैछु जेलमा बसेरै
आउछु भागरै
आँखा पनि देख्नै छोडनि रोइ रोई थकेरै
हे...विहोसमा –दिनरात हाँछु रे)
निसित छैना मर्छुकि बाँच्छु रे
आउछु............
हे.. जिवनभरि (के धोका पाइयो)
कुन फन्दामा परेर यहाँ अनइयो
अनउछु...............
हे..दिन विताउछु जेलमा बसेर
घरको कुरा यो मनमा सोचेर
आउछु................
ह्े...गोली गठ्टा –बोकाई लिन्छन् रे)
खाना पनि एक छाक दिन्छन रे
आउछु..................
हे. कपाल पनि नकाटी लामो छ
चौविस घण्टा लडाईको काम छ
आउछु.....................
हे .आउँछु घर जेलबाट छुटेमा
गाडी भाडा केराया जुटेमा
आउछु.................
थारमारे ९ रामपुर खाली सल्यान
खोटो भाग्य डिल्ली बहादुर कंवर
नसोध मलाई प्रदेशको यात्रामा हिड्दा
भौतारिदै कति ठाउँ धाँए ।
दुःख कष्टका त कुरै नगरौं ,
जिवनको यात्रामा धोकै कति खाँए ।
भग्य मेरो खोटी रहेछ कर्म यस्तै भयो ,
जिवनमा आँधि चल्यो चल्दै पनि गयो ।
मानिस डुल्नु धिक्कार रहेछ कल्पनाको भेलमा ।
सोचे जस्तो हुदो रहेन छ भग्यको खेलमा ।।
भाग्य र कर्म अनुसार जस्तो पनि भोग्नु पर्दोरहेछ ।
संसारको सामुमा दुःखमा पनि हाँस्नु पर्दोरहेछ ।।
यति ठुलो संसारमा एक्लै भएपनि काच्नु पर्दो रहेछ ।
मुटुमा चोट परे पनि बाहीर हाँसो हाँस्नु पर्दोरहेछ ।।
लेखपोखरा ३ नयाँगाउँ सल्यान
हाल मलेशिया , पेनाङ्ग
फेन ०१६४७२६१५५
विदेशको विरामी भेद बहादुर वि.क.
एया..वावा पेट दुख्यो टाउको पनि दुख्यो
शरिर पनि लग्यो काप्ना हेर्न सकिदैना केभो ।।
टिभी होकी मलेशिया ठुलै रोग पो होकी ।
रोग मात्र भनु भने दैव दोष पो हाकी ।।
घरमा भए आँमा वुवा खोज्थे डक्टर ,झाक्री,धामी
श्रीमति के भयो प्रिय भन्दी हुन सारा शरिर छामी ।।
धेरै दिन भयो खाना नखाएको कसले पेउ भन्छ पानी ।
प्रिय को छ तिमी भन्दा उहि वेड माथीको शिरानी ।।
कस्तो दुःख बोकी आयो प्रिय छोरा छोरी छोडी ।
साथि भाई बचाउ मलाई विन्ती छ दुबै हात जोडी ।।
रोगी शरिर भोको पेट सबै साथिले देखुन् ।
पग्लीयो अनत्मन झे भने आँशु डाक्टर वैध भेटुन् ।।
झिम्पे ५ हारिचार सल्यान
हाल ः पेनाङ्ग
फोन न ः ०१२४९४०२४५
गजलओमकार गिरी (चौतर्फि)
कल्पना छ जिवनमा ,म सफल नायक बन्ने ।
चाहाना छ मन भरी, म असल गायक बन्ने ।।
संचारको क्षेत्रभरी परिचर्चा पउनलाई ।
दिनरात कोशिसमा छु सबैमाझ लाएक बन्नलाई ।।
सबैजना यात्रा रत गन्तब्यमा पुग्नलाई ।
सडकमा यातायात सधन यो बाधक बन्नलाई ।।
झम्पे ३ सल्यान
हाल ः मलेशिया
सम्पर्क नः ०१६३६४६६९४
लेख (कस्तो दिनमा साईत परेछ )
डिल्ली बहादुर करला
भनिन्छ जुनसुकै काम गर्दा होस या शुभ साइत गर्दा जोतिषीलाई शुभसाइत हेराएर मात्र गर्नेु पर्दछ । हिन्दु धर्ममा परापुर्वक काल देखी चली आएको परम्परा अनुसार नै मानिसहरु अनफ्नो शुभयात्र गर्दा राम्रो साइत देखाएर मात्र यात्रा गर्दछन् ।
म जिल्ला लेखपोखरा ९ मैनेरी निवासी डिल्ली बहादुर कराला ५ वर्ष पहिले रोजगारीको सिल सिलामाा २०६२ साल मंसिर महिनामा वृद्ध आँमा वुा प्यारी श्रीमती चार भाई छोरा र एक छरी गरी जम्मा ८ जनाको परीवारलाई चटकै छोडी जोतिषी लाई हेराएको दिनलाइृ शुभ साईत ठानि सर्योदय हुन पश्चात परिवार बाट राम्रो संग विदा वादि गरी छिटै फर्कने धेरै धन कमाउने सुख सएलका दिन विताएने झुटो आश्वासण दिदै लान्ति बजार सम्म पैदल यात्रा गर्दै केहि दिनको काठमान्डौ बसाई पश्चात मलेशिया प्रवेश गरेको आज झनै पांच वर्ष विती सकेछ तर घर जाउँ जाउँ लागेको छैना किन , किन भने म मलेशिया आएको केहि वर्षमै म बाट र यो संसार बाट सदाको लागी विदा लिइन श्रीमतीले विदा लीएको ५ दिन भित्रै वुवालै पनि यो संसार छोडेर जानु भयो अव भन्नुहोस् घर फर्कन यो मनले मान्छ की मान्र्दना यो पिडा मलाई मात्र होईना सबैलाई होला तर शुभसाईतको परिमाण भनौ या त मेरो भाग्यको कमजोरीले हो मेरो जस्तो दःख कसैलाई छैना होला नहवस है पनि । मेरो कमाइमा खुसी देख्न चाहाने ति श्रीमती ती साना बालबच्चा ले अहिले के गर्दै होलान के अव फेरी श्रीमतीले मेरो कमाइमा रमाइ रहेकी होलीन त हुनसक्छ उनि उनिले मलाइ देखेकी होलीन तर अब म उनिलाइ यो जुनिमा कहिले देखदिन अब त्यो घर उनि विना सुन्ने छ यो कोठा सुन्ने छ , त्यसैलेत म साइत र भाग्यलाइृ धिकार्दै प्रदेशी जिवन विताउन मन लागेको छ । तर यस्तो नगरौं ।
लेखपोखरा ८मैनेरी सल्यान
हाल ः मलेशिया
फोन ः ०१६४८५२५१२
मेरो सल्यान जिल्ला दमाचौर यस माल वीली (भुपेन्द्र वली)
कति प्यो छ मेरो सल्यान दमाचौर
सायत पातीभराको काखमा भएर होला ।
कति सितल छ मेरो जन्मभुमी
साएद सतिभराको चिसो हावा भएर होला ।
कति रमाइलो छ सल्यान दमाचौर ,
साएद कुमाखले मुस्कान दिएर होला ।
बसन्तको आगमनमा स्वर्ग झै हुन्छ यो ,
तिनै हरीयाली रङ्गी विरङ्गी गुँरास फुलेको देख्दा ।
सच्चिनै कति प्यारो छ मेरो सल्यान दमाचौर ,
तिनै कमल रङ्गमा रङ्गी विरङ्गी फलेर होला ।
कति रमाईलो छ सल्यान दमाचौर
पतिभरा हाँसेको देख्दा ।।।
सल्यान दमाचौर ६ ,, हाल ःमलेशिया पेनागं फोन ०१०३८०४८८२०
गजल गोपाल डाँगी
लजालु त्यो नएन संग मुस्कान दिने कोनै होला
बैरागी यो जिन्दगी लाई सात दिने कोनै हाला ।
चर्किएको एैना जस्तो भग्य फुट्यो छिया छिया ,
खिया लाग्यो डढेलो झै निभाइ दिनेकोही छैना ।।
माया मारी छोडीदियौ जिवन एैले लास भयो ,
यहि लास निवनमाथी पईला टेक्ने कोनै होला ।
तिम्रो साथमा सिकेको थिए हाँस्न मैलै ।
त्यहि हाँसो फुल आइली उडाइदिने हानै हाला ।।
स्यानीखाल ३ अत्तरकाँडा सल्यान
कविता लाल बहादुर वि.सी.(एल.वी. मुस्कान)
बगर भनै भने जिन्दगी यो खाला झै बगीरहेको छ ।
खुसी भनौ भने जिन्दगी यो आँसुमा डुविरहेको छ ।।
चट्टान भनौ भने जिन्दगी यो ,कसैको मायामा पग्ली रहेको छ ।
हाँसोे भनौ भने जिन्दगी यो उनको यादमा तड्पि रहेको छ ।।
छायाक्षेत्र १ कुरील्या सल्यान
गजल कमला विश्वकर्मा
उदासै उदासले भरीएको यो मेरो जिन्दिगी ,
आँशुका घुट्काहरु पिउदै बाँचि रहेकी छु ।
आज म तिमी बाट धेरैधेरै टाढा भएपनि ,
तिमी प्रति मायाका सौगातहरु साँचि रहेकी छु ।
तिम्रै यादमा तड्पिएको यो मेरो जिन्दगी ,
तिम्रो माया पाउने आसामा भौतारीदै हिडेकी छु ।
तिमी आफ्नै जन्मघरमै छौ होला म पो स्वर्थी संसारमा छु ।
तिमी बाट टाढा भएपनि आज म तिम्रै मनमा छु ।
तिमीलाई त बाँच्न धेरै सजिको छ तिम्रा धेरै साथीहरु छन ।
तिमीलाई विर्सन तिम्रो याद आउट कीन झन झन ।।
तिमीलाई सदाबहार सम्धmी रहन्छ यो उदास मन ,
तिमीलाई सदाबहार सम्धmी रहन्छ यो उदास मन ।।
छायाक्षेत्र ९ रानागाँउ सल्यान
पेषा ः अध्यन
दमनमा नवस नारी दिनेश परियार
सिर्जनाका धर्ति हौ नारी तिमी दमसी नवन
सागरको श्रोत हौ नारी तिमी प्यासी नवन ।।
बीरहरु जन्मीन्छन तिम्रै कोखबाट ,
यो संसार काँचेको छ तिम्रै ममता बाट ।।
फाली भेद भाव आरक्षण देउ जारीलाई ।
नौनि भन्दा कोमल हुन्छिन ,नलुट नारीअस्मीता लाई।।
तिम्रो माया विना यो संसार अटलै रहन्न ।
तिम्रो साहरा विना यो संिसार चल्दै चल्दैना ।।
पवित्र गंगाको साधना हौ तिमी नारी ।
तिमी पनि विकास गर पुरुष जस्तै गरी ।।
नारी भनि हेला गर्नेलाई नछोड नारी ।
दोषिलाई सजाया दिलाउनु पर्छ अब तिमी पनि ।।
श्री कालीका मा.वि. कोटमौला ५ सल्यान
पेषा ः अध्यन
गजल योग राज विश्वकर्मा
बास बस्छु त्यो हृदय खोली देउन निलम ।
यो मन संगै त्यो मन घोली देउन निलम ।।
मौनतालाई अंगालेर कति बस्छ्यौ अब पनि ।
ओठ खोली केहि कुरा बोली देउन निलम ।।
तिमी सगै सुरु भए , जीन्दगीको प्रहरहरु ।
विगत होइना वर्तमान र भोली देउना निलम ।।
भएहोलान गल्तिहरु तिमी संग वोल्दा कतै ।
सजाए नै दिनेभए गोलीदेउन निलम ।।
लज्जावती झै कति मान्छौ लाज पनि ।
लाजको लाली हटाई केही बोली देउन जिलम ।।
कसै कर्सलाई मुस्कील हुने टढा हरदाखेरी ।
संगै हिड्ने बाटो पनि खनिदेउन निलम ।।
रेडियो शारदा फ.एम. सल्यान
नेपाली श्रमिक र वैदेशिक रोजगार
देव बहादुर के.सी.
ंनेपाल एउटा सानो राज्य भएतापनि देशको भौगलीक बनौट प्रकृतिक सम्पदा, राजनैतिक परिवर्तन समाज विकासलाई हेर्ने हो भने हाम्रो देश नेपाल दक्षिण एशियाको भु.परिवेष्टित मुलुक हो ।
यसको भौगलीक संरचना उत्तरी हिमश्रृण्खला देखी दक्षिणको तराइले मध्यको पहाडी भुभागलाई काखमा च्यापेको छ । यसदेशको हिमालमा काइ, लेउ, झ्याउ,पहाडमा पतझर र दक्ष्णि तराईमा उष्न सदाबहार कडा काठको जङ्गलको धनि देश नेपाल जलश्रोतको दस्रो धनि देशको सुचिमा पर्दछ । तर पनि प्राकृतिक सम्पदा र जलश्रोतको धनि देश मानिने हाम्रो देशका अधिकास्स युव जनसक्ति आज रोजगारीको लोजिमा लाडिमुलुकमा आफ्नो घर जमिन वन्दकी राखि वेचिना बाध्य भएका छौं । आm्नो महङ्गो श्रमलाई सस्तो मुल्यमा बृच्न वाध्य तुल्याइका छौ ।देदकाा शाषकहरुले दशिय समान्तवाद र घरेलु प्रतिकृयावादीहरु विदेशिको इसारामा चल्दै नेपालको दक्षजनशत्तिलाई विदेशिना बाध्य बनाएका छन । दिनानु दिन विचिना बाध्य भएका नेपालीहरु विदेशि कम्पनीको मलिकको इच्छा अनुसार चल्नु परेको छ । बाध्यतात्मक परिस्थितिलाई पचाउन नसकी हृदयघात अप्सर आफ्नो जिवन नै तिलान्जली वनेको संख्या दिनानु दिन बढ्दै छ । कतिपयले चरम यातना , जेलको चिसो सिडिमा निवन विताउन बाध्य हामी नेपाली श्रमिकका आवाज बुलन्द उत्पीडीतमा परेका नेपाली श्रमिकहरुलाई उद्धारको भरपर्दो माध्यम भएको यस सल्यान प्रवास सेवा समाजको उत्तर( प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
सल्यान हाल मलेशिया
समपर्क न ः ०१६३०९७८९१
शुभकामना
सलल्यान प्रवास सेवा समाज मलेशियाले पहिलो पटक स्मारीका प्रकाशन गर्नलागेकोले
यसको सफलताको सथै उत्तर उत्तर प्रगतिको कामना गर्दै आगामी दिन हरुमा यस समाजले सधै सफलताका शिखरहर चुम्न सफल होस् भनि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
मान बहादुर भण्डारी
दलित विकाश समाज सल्यान
सधै भरी रमाउ तिम (भावना)
डिल्ली बहादर घर्ति
पिरतिको जित्यौ तिमीले मेरो हार भयो,
तिमी त माया मेट्ने धार भयो ।
पराई काखमा सधैभरी रमाउ तिमी
मेरो जिवन सधै भरी पराई भयो
सधै बचि रहु उनकौ मायामा
मेरो जिवन विनाको माछा भयो
विगतका दिनहरुमा सधैभरी माया बाड्यो
अब कहिलै नमेटीने बार भयो
जिवन कसरी जिउने अब एक्लै सानु
तिमी विना एक्लै बाँच्नु भार भयो ।।
छायाक्षेत्र १ गच्र्या सल्यान
हाल मलेशिया फोन ः ०१६४९५१२६०
शुभकामना
रोजगारीको सिलसिलामा जन्मभुमिलाई छाडेर मलेशिया लगाएत सम्पूर्ण खाडिमुलुकामा सथै आफ्नो जन्मभुमि सल्यान जिल्ला विसीहरुलाई आवश्यक पर्ने वस्तु तथा शेवा सहज रुपमा उपलव्ध गराउने उध्येश्यले स्थापना भएको सल्यान प्रवस सेवा समाज मलेशियाले पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको सुन्दा मलाई खुसी लागेको छ ।
आगामी दिनहरुमा पनि यस सस्थाले आफ्नो कार्य क्षेत्रलाई अझ सद्धार तुल्याई देशको आर्थिक तथा भौतिक क्षेत्रको विकाशमा थप टेवा प¥याउने छ भन्ने अपेक्षा राख्दै यस सस्थाको सफलताको शुभकामना व्यक्त गर्दछु
चित्र बहादुर खत्री
थारमारे ९ सल्यान
ने.क.पा. एमाले गाँउ कमिटी –(थारमारे)
गजल जगत बहादुर घर्ति (समर्पन)
काली त काली हो तर लग्छ क्या मज्जाकी रैछ ।
निधार माथीको खाली सिउदो चिटीकै सजाकी रैछ ।।
छड्के नजर लगाएको मैले, उपनि एतै हेर्दै लजाएकी रैछ

हाँखा पनि क्या नसालु ,ओठमा लाली लगाएकी रैछ

सुनिन उनले काली भन्दा , मोबाइलमा गीत बजाकी रैछ

निधार मथी खाली सिउदो चिटिकै सजाकी रैछ ।।
दमाचौर ४ सल्यान नेपाल
भावना तिलक वस्नेत
मर्छु कि क्या हो एतिकै अब पिडाले डसेर ।
विदेश लाग्नु बाध्यता भयो साहुमा फसेर ।।
नेपालमा भाकी प्रियाले पनि विर्सिन कि जस्तो छ ।
थाहै छैना उनको हालत खै कुन्नी कस्तो छ ।।
उडेर आउत सात समुन्द्र पारी नउड्ने पखेटा छ ।
घरमा जहान भेटीन्थे होला भग्यले साँचेत , नमरी बाँचेत ।।
थारमारे २ कोटबेत सल्यान
हाल मलेशिया फोन ः ०१०२९०११५४
भावना राजेश पुन
आँमाको काख र बाबाको छहारीमा फुलको कोपिला जस्तै
आकर्षण लोभ लाग्दो थियो रंगी चंगी फलवार िझै
ढुङ्गा माटो संगै आँस्दे खेल्दै स्वच्छ वातावरणमा
बनपाखा सित मितेरी गास्दै अंजुली भरी मायाको वेदना
जिन्दगी २१हौ शताब्दिको चुनौति सगै
घतक र त्रासको भुमरीमा पिल्सीर्दै
बेरोजगार अशान्तीको पिनडामा आँशु पिएर जिउदै
आजको जिन्दगीमा
कसैको स्मृतिमा डुबिरहेको छु ,
बसैको माया र सम्झनामा
आफैले आफैलाई भुली रहेको छु
झिम्पे ३ सल्यान
गजल –भिमसन बुढामगर (यथार्थ)
मेरो बारेमा कुरा बनाई दुनियाँले भुक्नु भुक्यो
रात दिन रुदा रुदा आँसुको त मुल सुक्यो
मान्छु धन पैसा थेन इज्यत त वेरलै थ्योनी
विना कसुर सजाए पाउदा मेरो ठाडो शिर झुक्यो
डोरी पउदा पसो लाउथे विष आँखा चिम्ली खान्थे
एउटा मुटु टक्राहुदा पागल पन त साह्रै दुख्यो
घइते मुटु त्यसै माथी पालै पलो कुट ेसबले
नुन छर्कि पिडा दिए भन्दा पनि अब दुख्यो
उल्टो जित्दा सुल्टो जित्दा मेरो एक्लै केही लागेना
मौकामा चौका उठाइई दुनियाले थुक्नु थुक्यो
सनोठिमी क्याम्पस सानोठिमी वि.एड प्रथम वर्ष
पेषा ः अध्यन
रुचि ः गीत संगीत सुन्ने ,रचना गर्ने ,पत्रमित्रता र खेल खेल्ने
शुभकामना गणेश डाँगी
धन्ने हौ सल्यान प्रवास सेवा समाज तिमी
तिमीलाई पुजा गरी राख्छु ।
अगाडी बढ्दैजाउ सल्यान प्रवास सेवा समाज तिमी
तिम्रो निम्ती हजारचोटी मरी राख्छु ।
एकभई जुटौ सल्यान वासी हो
बरु बर्खाको झरी ब िनझरी राछु
धन्ने हौ प्रवास सेवा समाज तिमी
तिमीलाई पुजा गरी राछु ।
अरु त केनै दिन सक्तेर प्रवास सेवा समाज तिमीलाई
यहि दुःखीको मनको भवना ।
सधै सफलताको सिखर चुम्दै जाउ प्रवास सेवा समाज
यहि छ मेरो लाखौ लाख शभकामना ।।।
स्यानीखाल ३ अत्तरकाँड सल्यान
हाल मलेशिया
नेपाल सम्पर्क ः मनो माबाईल सेन्टर श्रीनगर सल्यान
मोहन डाँगी + गणेश डाँगी फोन ः ००९७७९८४७८४४२७६
मेरो मनि सघाइृ छ –भवना)
सन्तोस परीयार
जन्मभुमि मेरो सल्यान ज्यान भन्दा प्यारो छ ।
सबै मिली सल्यान लाई उठाउ साथी एक्लै त गाह्रो छ ।
फुल टिप साथी हो काँडा नविझ्ने गरी ।
भुल भए केही साथी भने आफ्नै सरी ।।
गन्तव्या सम्म पुगौ साथी सल्यानी ,
यही मेरो बुझई छ ।
केही परे भन साथी सल्यानी
केही मेरो पनि सघाई छ ।
छायाक्षेत्र ९ राना गाँउ सल्यान
हाल मलेशिया
लेखः प्रदेशिको जिवन
लाल बहादुर भण्डारी
नेपालका अधिकांश युवाहरु भारत लगाएत विश्वको धेरै जसो मुलुकमा प्रदेशी जिवन विताई रहेका छन् ।तीनीहरुले त्यो प्रदेशी जिवन रहरले होईना कसैन कसै द्दारा बनाएका हुन्छन ।नेपालका शिक्षक युवा देखी लिएर अशिक्षित युवा युवती समेत विदेशिन पुगेका छन । यस्तो विदेशीनुको भावेदारी उ स्वएम व्यक्ति मात्र नभई अनेक तत्वहरुले गर्दा विदेशिन पुग्छन यसको मुख्य दोषि त राष्ट नै हो किन भने राष्टले युवा शक्तिलाई सही ढङ्गले पहिचान गर्न सकेको छैना । हाम्रो देशको शिक्षा नै बेरोजगार समस्याको समाधान गर्ने खालको छैन । अलिकति शिक्षितलाई पनि सररकारले राष्टमा अड्याउन सकेको छैना भने अशिक्षित त राष्टमा सेटल हुन नै गाह्रो भएको छ । राष्टले युवालाई सहि ठाउँमा सहि ढङ्गले प्रयोग गर्न नसक्नुको कारण युवाहरु प्रदेशीन वाध्य छन ।
कसैलाई राष्टले प्रदेशी बनाएको छ , कसैलाई समाजले प्रदेशी बनाएको छ ,त कसैलाई गरीवीले प्रदेशीन बाध्य बनाएको छ । कसैलाई साहुको ऋणले प्रदशीना बाध्य बनाएका छ भन्नेको तात्पर्य व्यक्ति कसैन कसैबाट नै प्रदे्शीएको हुन्छ यस्को मुख्य दोषी राष्ट नै हो किनभने राष्टले युवालाई वेरोजगारी बाट वन्चित गरी कतैन कतै बाट रोजगारी दिन सकेको भए युवा शक्तििलाई राष्टमा प्रोग गर्न सक्ने निती अपनाएको भए यति धेरै युवाहरु प्रदेशी हुनु पर्ने थिएना नत प्रदेशमै हरउन पर्दथ्यो नत जिवन वर्वाद गर्नु पथ्र्यो । कस।ी वित्छन प्रदेशीका जिवन ९० डिग्री तातोमा काम गर्नु पर्ने , डहर लाग्दो मेसिन संग लड्नु पर्ने मालीकको सधै गाली खानु पर्ने नत बेलामा खाना पउने नत आराम गर्नपाउने नत बेला र समयमा खाना र सुत्न पाईने नत शरीरको रम्रो संग ख्याल गर्न पाउने नत अनफ्नो अनफन्त संग माया गर्न पाउने यसरी नै वितिरहेका छन प्रदेशीका यी बाँकि प्रदेशी जिवनहरु..............।
थरमारे ९ सल्यान
हाल ः मलेशिया , पेनाङ्ग
सम्पर्क नः ०१०४६९०४१९
सबै भन्दा महगो प¥र्यो नेपालका युव युवतिलाई डलरको खेति
नेपाल एउटा ििहमाm ,पहाड र तराई ३ वटा भुभागले वनेको देश हो यस्ता देश विश्वमा कमै मत्रामा पाईन्छन । नेपालमा धेरै वर्ष पहिाले देखी राजा रनौटा र निरंकुश पन्चाएति व्यनस्ताले सईत गरेको देश हो । २०४६ साल देखी वहुदलिय व्यवस्था लागु भएको अढाई सय वर्ष पुरानो राज तन्त्र निर्मुल पारी लोकतान्त्रिक गनतन्त्र पनि भएको झन्डै ४ वर्ष पुरा धएको छ । जुनसुकै व्यवसथा आए पनि वेरोजगारी समस्या , जनताको आवस्यक्ता र विकास निकास ज्यउुका ती छन् ।
देशको राजनैतिक अस्थिरता र वेरोजगारी समस्याले नेपालका युवा युवतिलाई नराम्रो अुसर परेको छ । आफ्नो वेरोजगारी समस्याको समाधान र गरीवी पन हटाउनु भनेको मुख्य उपाय हो विदेशीनु र डलरको खेति गर्नु हो यो विदेशियर डलरको खेतिगर्ने क्रममा कसैको ज्यानै गुमेको छ कसैको अंग भंग भएको छ कसैले आत्महत्या गरेका छन त कोही जेलको चिसो खोरमा जिवन विताई रहेका छन् । कतिका आँमा वुवा छोराको पर्खाईमा वस्दा वस्दै छोडेका छन त कतिका श्रीमती छोरा छोरी अकालमानै ज्यान गुमाउन पुगेका छन् । कतिले आफ्नो छोडेर आएको परिवारको जाँदा मुख देख्न नै पएका छैनन् । कतिले जाँदा एड्स जस्तो महामारी रोग लिएर फर्केका छन् ।यी सबै थोक सम्पन्न परेको छ । डलरको खेतिमा हामीलाई महङ्गो पर्न गएको डलरका खेती ।।।
श्री ढकम खड्का
झिम्पे ४ सल्यान
हाल ः मलेशिया
छोराको यादमा “आँशु” (कविता)
सन्तुस्टिको परिधि खिचेर बाँच्न
गाह्रो हुने रहेछ परेली मिचेर हाँस्न
सागरमै डुब्योकाी यो मन खरानी भयो
धर्तिकै कसनामा छ कि नर्कको प्राणी भयो
वुढि आँमाको छोराको यादमा भक्कानो फुट्छ
अब उनको मन बुझउन खै हो पुग्छ
पैसाको लाभ अनि सज्जनको प्रणाब
ज्युँदै कुहियो की नहुदै मन सखाप
पिपलको सितल छहारीमा छैन
सुगन्ध छर्ने मायाको फुल वारीमा छैन
छोराकै यादमा नाक्छीन सारा रातमा
भिज्छ सिरानी आँशुले झन् जल्छ आत्मा
उजालो ढली सक्यो अधेरी सुरुभो
आतमाले नि छोडि गयो मन पनि बुरो भो ।
सधै चल्ने गतिपनि रोकिय जस्तो लाग्छ
मनले छोरालाई माग्छ हेर्दा हेर्दा आँखा थाक्छ
दिल बहादुर डाँगी
थारमारे ४ चिल्ढाले सल्यान
हाल ः मलेशिया
रुचि ः समाज सेवा गर्ने र साहित्य
लोकसाहित्यमा सल्यान,सिंगारु गीत र मानविय पीडा दुर्गा बहादुर के.सी.(क्षितिज)
विषय प्रवेश ः
लोकसहित्य लोक जीवनका मौखिक परम्परामका हुर्केको जनसाहित्य हो । लोक शब्द अग्रेजीको फोक (ँयपि०
शब्दको सामानार्थी रुपमा प्रयोग गरेको पाईन्छ । प्राचिन समय देखिनै यस शब्दको प्रयोग विशिष्ट रुपमा भएको देखिन्छ । ऋग्वेद , उपनिषद, ब्राह्मणग्रथ, एवम् सहिताहरुमा “लोक”शब्दलाई सर्वव्यापक तत्वका रुपमा स्वीकार गरेको पाईन्छ । युगौ युग देखि मौखिक परम्परा तथा श्रुतिपरम्पराबाट आउने एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने अलिखित साहित्य नै लोकसाहित्य हो । नेपाली वृहत बशब्दकोष (२०५२ते.स.प्र.११८९ ने.रा.प्र.प.)मा सर्वसधारण जनताको कोमल मनो भावनालाई व्यक्त गर्ने सरल भाव र सरल भाषा भएको विभिन्न चाड पर्व तथा मनोरञ्जनका समयमा प्रसङ्गाकूल गाईने , सुनाईने वा देखाईने लोक व्यवहारमा प्रचलित विभिन्न लोकगीत , लोककथा, लोकगाथा ,लोकनाटक र लोकनृत्य आदिले युक्त सहित्यलाई नै लोकसहित्य धनिएको हो । लोकसहित्य लोक र साहित्यको समासबाट बनेको शब्द हो । लोक शब्दले जनता वा संसारको अर्थ ग्रहन गर्दछ भने सहित्य शब्दले जनताको हितका निम्ति प्रयुक्त शिष्ट अभिव्यक्ति नै लोकसाहित्य हो भन्ने अर्थ वुझिन आउछ ।
लोकसाहित्यमा सल्यान ः
लोकसाहित्यमा सल्यान पनि एक उर्भर क्षेत्र हो । डा. कृष्णराज डि.सी. , डा.गोविन्दराज आर्चाय ,केसव सुवेदी , पूर्ण भण्डारी (पंकज) , डम्बर बहादुर पुन , नेवबहादुर (पथीक) , दुर्गा बहादुर के.सी. (क्षितिज) , आदि सहित्यकारहरुले लोक साहित्यको उठानको निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।राष्टिय तथा अन्तराष्टिय स्तरमा ख्याति प्राप्त नेपाली साहित्यकार (धर्मराज थापा , पूर्ण प्रकाश नेपाली , (यात्री), जीतेन्द्र देव गीरी , कृष्ण पराजुली आदि विद्धानहरुले पनि लोकसाहित्यको खोज तथा अनुसन्धान गरी अनफ्नो लेखनलाई अगाडि बढाई रहेका छन् ।सल्यान जिल्लाको लोकसाहित्य समाग्रीको अध्यन प्रारम्भिक चरणमा नै छ । अलिे सम्म लोक साहित्यका सन्दर्भमा लोक गीत र लोक काथाको मत्रै विशेष अध्यन तथा अनुसन्धान गरिएको छ । यस जिल्लामा रहेका लोक नाटक , लोककथा ,उखान टुक्का , गाँउखाने कथा र समग्र रुपमा सल्यान जिल्लाको नेपाली लोकसकहित्यको अध्यन अनुसन्धान हुन बाँकि नै छ ।
लोकसाहित्यमा सर्वसाधारण जनताहरु बढि भिजेका हुन्छन अनि यसैमा हरुक्क भएका देखिन्छन । लोकसाहित्य लोकक जिवनमा कहिल्लै नहराउने अजम्वरी सझ सम्पति हो । लोकसाहित्यमा जाति , संस्कृति, रहन सहन , भेष भुषा, समाज परम्परा , एवम समग्र देशको छवि झल्केको देख्न सकिन्छ । यसरी लोकमानसको हाब्दिक अभिब्यति र लोकानुभुतिको सरल वाणी गत अभिव्यक्ति अज्ञत रचयिता , लिरण्तर परिवर्तनशीलता शास्त्रीय बन्धनबाट युक्त रहेर लोकमर्यादामा आधारित , मानव जिवनका घम छायालाई तुरुस्तै बोकेको सहानुभुतिले युक्त मोखिक साहित्य ने लोकसाहित्यहो । यसलाई जनपजवनको वास्तविक दर्पन पनि भन्न सकिन्छ । यसले मानिसलाई संन्तुष्टि प्रदान गर्दछ । लोकसाहित्य भित्र हाम्रो समाजका तिता मिठा अनुभव ,सुख–दुःख भावना र पिडा एवम वेदनाका पटाहरु रहेका हुन्छन । मोकनोरन्जन , लोक व्याहार , मनो भाबना एक आपसमा आदान प्रदान गर्ने कार्यमा लोकसाहित्यको महत्वपूर्ण भुमिका रहेको पइन्छ ।
लोकगीतःः
सधारण अर्थमा लोकगीत भन्नाले लोकलो गाउने वा लोकको गीतभन्ने वुझिन्छ । जनमानसका बण्ठबाट स्वच्छन्द रुपमा लयात्मक ढङ्गले निस्केको अभिवेक्ति नै लोकगीत हुन । लोक शब्दले व्यपक अर्थमा स्थान र जन दुबै लाई जनाउछ तापनि साहित्यका सन्र्दभमा यसले कुनै सहरीया वा ग्रामण समाजलाई नछुट्याइकन यस धर्तीका सम्पूर्ण जनमानसलाई जनाउछ । जनसमुदाएको समष्टिगत रुप नै लोक हो । लोकगीतले जीवनकै गेय अभिव्यक्तिलाई प्रतिनिधित्व गरेको हुन्छ । लोकगीतको प्रमुख स्रोत गाँउघर हुदाहुदै पनि यसले सहर बजार , लेक वेशि सबै क्षेत्रलाई समेत अंगालेको हुन्छ ।
लोग गित मानव सभ्यताको साथ साथै निरन्तर जिवन यात्रका क्रममा जन्मदै हुर्कदै आएको लोक साहित्यको एक प्रमुख विधा हो । हाँसु , हाँसो ,उकाली ओराली रोदन क्रन्दन , आराह अवरह , सयोग वियोग आदि संग हातेमालो गर्दै लोक गित लोकसमाजमा अगाडि बदेको हुन्छ ।समाजको विगतको ईतिहास , त्यहाको शैक्षिक , अर्थिक ,समाजिक , साँस्कृतिक चतना स्तिर , समस्याहरु , वेक्तिपक्ष , प्रम प्रसग र मोनोदशाको बारेमा उत्पन्न जिज्ञसा मेट्न सम्वन्धित समाजमा प्रचलित लोक गितले टेवा पु¥याएको हुन्छ । लोक गित मसक्त वातावरणमा मौलाएको हुन्छ । लोक गितका प्रभावले व्यक्तिले आफ्नो दुःख , कष्ट विर्सन्छ भोग रोग भुल्छ र गितकै रागात्मकतामा हराउछ । लोक गित त्यस्तो अविवेको सरल उदागार हो जो लिखित नभएपनि जिवित हुन्छ । लामो नभएपनि मानव जिवन अटाउछ । र वौदिकता नभएपनि हार्दिकता हुन्छ । यसमा रस , अलङ्कार , छन्द , आदि कुराको नियो जित संयोजन नभएपनि यी तत्वहरु स्वभावित तरीकाले आएका हुन्छन । वस्तवमा समाजको सत्य र यथार्थ बुझ्नु छ भने इतिहासका पुस्तकहरुमा होईना लोक गितका टुक्कामा घोल्लिनु वढी फलदाई हुन्छ । लाकगितको सम्वन्ध जीवाका हरेक पक्ष संग भएकाले नै यो समाजमा सर्वाधिक लाकपिर्य बन्न पुगेको हो । यसर्थ समाजको दपर्ण हो , जसको मदतले लोक जिवनको छविलाई उर्तान सकिन्छ ।
सिगारु गीतमा मानवीय पीडा
वाह्मासे लोक गीत अन्र्तगत पर्न सिंगारु लोक गीत सल्यान जिल्लाको उत्तर–पश्चिम क्षेत्रमा अत्यन्त प्रचलित छन । यी गीतहरु सदाबाहार वृक्ष जस्ता हुन्छन जुन जुन कहिल्लै पनि सुक्दैनन , विलाउदैनन । यस्ता गीत पानि पधेरो , खति पाती , घाँस, दाउरा मेला पात , पाखा पखेरा, बाटा , घाटा , भञ्ज्यङ्ग चौतारी , देउराली र अन्य सामाजिक प्रसंङ्गमा गाउन सकिन्छ । त्यसैले सिगारु गीतलाई बाह्रमासे mोक गीत अन्र्तगत राखिएको हो । मानवका दःख , पीडा आँसु , हाँसो । र माया प्रिति , अन्याय, अत्याचार , शोषण , दमन ,प्रगतिशील आदि विषय वस्तु हुने यी लोकगीतहरु बालक देखि वृद्ध सम्म सवैका लागी लाक पिर्य छन यी गीतहरु छरिता र लयात्मक हुन्छन । यी लोगगीतहरुले सबै व्यक्तिलाई मनोरञ्जन, आनन्द , आत्मासन्तुष्टि ,नैतिक उपदेश आदि प्रदान गर्नका साथै विकास निर्माणको सन्देस , अन्याय र अत्याचारको बिद्रोह , शोषण र दमनप्रति आक्रोस प्राकृतिक सौंन्दर्यताको वर्णन , मानविय दुःख कष्ट , वेदना र पीडाको अभिव्यक्ति छताछुल्ल पोखिनुको साथै जीवन निर्वाहको लागी आफ्नो जन्मभुमि र घरपरिवारका सवै नाता , बुटम्ब र ईष्ट मित्रलाई चटक्क छाडेर प्रवासी जीवन जीउन वाध्य भएका व्यक्तिको पीडालाई सिंगारु गीतले आत्मा सात गरेका हुन्छन ।
आफ्नो जन्म स्थान , माता पिताको ममता , साथीभाई ईष्ट्रमित्र सबैलाई चटकै छाडेर प्रदेशी जीवन जीउनु पर्दा मानवका हृदयमा उर्लने वेदनाले भरीएका सगिरु गीत यसरी व्यक्त गरीएको पाईन्छन ।
सिपाईले गुलेली हान्यो काल्चा मा¥यो खोला
घर छोडी परदेशी भैया क्या क्या गर्ने होला
धक्का दिने बन्डुकीय पहर खोल्ने बला
खाना लाउन पुग्ने छैना क्या क्य ागर्ने होला
दुई हात चाँदिका बाला ठन ठन भाँचिदा
गरीवले दुःख पाया यो सरकारका लाक्दा
वयालैले उडाइ लैगो थारेघरको दाँती
जानालाई गो जोवान लाग्न थाल्यो खाँती
झाल्या गाईको माल्या बाच्छी उदो खोला गईगो
वाँच्या हजुर भेट गरौला म¥या यति गै भैगो
रम्चाउने टकुरी बाट रम्चाई रहनु भेरी
यस्तै दिन गैजाला भन्थे जोवान आउदा खेरी
वारीमा टल्कने के हो श्र ? कादारीको नल
जन्मिदै दुखारी थिय म क्या पाउदाउ ढल
काट्दै छ पलाउदै छ रन्छ दाङ्गको छितावैर
सुखीभरी घर वस्छन दुःखी भरी खैर
रानी वनमा चरन चरन्या रापुतली गाई
रख्य चिन्ता गरी रहे खैरावाङ्गी माई
आफ्नो ठाँउमा विकास नभएको , शासक , वर्गले नेपाली जनताको मुत्तिमाा खेलवाड गरेको र सरकारी स्थाईत्व नभएकोले जनताको विचल्ली भएको मानविय पीडाको स्वर यसरी व्यक्त भएको पाईन्छ ।
बसको बसपार्क भित्र जनताको विचल्ली
कसको पो विजए हुन्छ सरकारमा अल्मली
नेता बढी हाम्रो नेपाल स्यनउ बढी हिमाचल
ओढौ भने छाता छैना पर्छकी फेरी ठुलो भेल
उमैछ भोटेको राज्य उमै काउरी किल्ला
कैले विकास हुने छैना मेरो सल्यान जिल्ला
म पनि घांसै काट्न जान्थे रमाइृलो बन भया
नेता विकास गर्ने थिया मेरो झै मन भया
वविग्यै नेताको वुद्धि नचल्यै क्राति
नाता छन भाम ताप्या जस्ता देशमा होला शान्ति
कसैको श्रीमती भोकी कसैको गाई भोकी
मर्ने छन नेपाली नेता खोरा ठोकी ठोकी
कोई मान्छे भिखमागी खाने कोही मअलका बास गर्ने
देशमा शान्ती हुन्छ भनि गाउँमा जनताले आस गर्ने
शहरका तुलनामा ग्रामीण मानवहरुमाथि विभिन्न वाध्यता , वेदना ,पीडा अनि जीवनका जटिल परिस्थितिहरुको प्रतिविम्ब सिगारु गीतमा यसरी व्यक्त गरेको पाईन्छ
अयाली वयाली खेल्छ डाँडा माथि पैंयु
अगर दुःखी कालो वादल धर्ति दुःखी मै
यति राम्रो कर्णलीय दुवाली बुझ्यैको
जैदिन रुवईन भन्छु उहि दिन सिरानी रुझ्यैको
शेर माग्छ गलीको रगत कतिछ घट्यैको
भात मैले भान्सैको खाउ तरकारी लट्यैको
परानीको भरै छैना आज होकी भोली
नित्य गरे माछि मर्छ धाउकै हरण खोली
हात पुग्दैना रौरी छोटो पहरैमा सुन छ
आर्कालाई बुझउने मन आफै किना रुन्छ
हिर तल जिउलीमा पाकी सक्यो बेल
हयाँ सम्म विपति दिने कर्मको खेल
गाई भन्द कोरली राम्रो लातामारे बनको
बालो जोवान गैगो अब कैले भएना मनको
काँसी जाने दोबाटोमा लह¥यईलो बेल छ
चरीको साथ कैले मा बयाली खेल्छ
बजारैमा रात परीगो पोत्या किन्दा किन्दै
झन वाख जोवान गैसकिगो वर्ष गन्दा गन्दै
काणाली घुमाउरो प¥यो लौरी बगाउदैना
मन सारै ओराउन थाल्यो डुली अघाउँदैना
भैसी उठि पाखा लाइृगो घुम्न लाग्यो तल
कैले मन कैलासमा घुम्छ कैले भेरी छाल
जा बैनी घाँस काटी ल्या तल रान्ी वनको
जन्मदै दुःखारी रैछु किना हुन्थो मनको
निषर्कष ः
लोकगीत लोकसाहित्यका विधामध्य सार्वाधिक चर्चित विधा हो । समाजमा घट्ने विभिन्न घटनाहरु , जीवन भोगाईका अनुभवहरु , रहन सहन , मानिसका चाला चलन , रितिरिवाज आदिको जीवन्त तित्रण गरीएको हुन्छ । सरल एवम जटिल जीवा यापनका क्रममा देखापर्ने कल्पना र यथार्थका विविध पक्षलाई लोग गीतले समेटेको हुन्छ ।
सन्दर्भ सामाग्री
इश्वर बराल र अन्य (सम्या) , नेपाली साहित्यकोश
काठमाडौं ः नेपाल प्रज्ञाप्रतिष्ठान, २०५५
कृष्ण प्रसाद पराजुली , जेपाली लाकगीत अलोक काठमाडौं
विणा प्रकाशन प्रा.ली. २०५७
जितेन्द्र देव गिरी , लोकसाहित्यको अवलकन, काठमाडौं
एकता प्रकाशन २०५७
वसन्त कुमार शर्मा , नेपाल, नेपाली शब्द सागर
काठमाडौ साझा पुस्तक भण्डार २०५७
गजल
खडक पुन –असफल)
धन्नेवाद छ वि..... तिमीले धोका दिएपनि
प्रेमका नाममा विष पिउन दिएपनि
धन्नेवाद छ वि....म देखी लाखौं कोष टाढा गएपनि
मेरो प्रेमको सद्भाव भुमिमा वालुवा हरेपनि
धन्नवाद छ वि.. तिमीले जीवामा आगो लगाई दिएपनि
फेरी रमाउने अभिलासा लिएर आर्के जज्म कुर्नु परेपनि
जीवनको यात्रामा तिमीलाई वाधिरहेको छु
जीवनको सभेष्ठा भुलेर
तिम्रै लागी आँसी रहेको छु
धन्नेवाद छ वि....विछोड भएपनि
छोटो जीवनको लामो प्रखाईमा
बाँचिरहेको छु केवल तिम्रै लागी
स्यानीखाल ६ सल्यान
जिन्दगी कविता
सोभाराम वली
आँसु रहेछ जिन्दगी हाँसो त केवल एक छिनको मात्र
पासो रहेछ जिन्दगी सुख त केवल एकछिनको मत्र
उजाड लाग्दो जिन्दगी छ मुहान विनाको सागर जस्तो
मनको सपना जिन्दगी छ फुल विनाको आकार जस्तो
धर्तिलाई भार भो जिन्दगी चाहेर पनि बाँच्नै नसक्ने
पिरतीलाई भार भो सिजन्दगी पाएर पनि हास्नै नसक्ने
झुठो रहेछ जिन्दी पवित्र माया मा पनि बाँच्नै नसक्ने
प्रेम भन्नु लाग्छ जिन्दीगी क्षेणिक मात्रको पल जस्तो
झिम्पे ४ ठुलो खार्क
भावना मरे भने विदेशमा
सुरेन्द्र कुमार बुढाोकी
म मरे भने विदेशमा हुन्छ पिडा तिमीलाई
मलाई नसम्झि वस्नु तिमी घर परीवार संग मन मिलाई
म मर्दा प्रवासमा तिमीलाई सम्झि मेरो लास बजारने छ
म मरेत केभयो तिम्रो सिउदोको सिन्दुर सजाइनेछ
म मरे भने विदेशमा हुन्छन तिम्रा नारि खाली
नवसे आत्मा रुवाइ नपहिरिए सेतो साडि
सुतेको सुतेकै भएभने म विदेशमा सिउदोको सिन्दुर पखाले
अभागी रहेछौ तिमी छुटायो मेरो जिवन रेखाले
कर्म मेरो अपुरो रहेछ प्रवासमा मर्नु प¥यो
जिवन मेरो अधुरो रहेछ विचमै म मर्नु प¥यो
विदेशमा भए पनि आँखा भरी तिमी थियौ
दैवले छोपिदिए भगवान पनि कस्ता अभागी
तिमीलाई खोला पारी मलाई लगेर गईदिए
रिम ३ जामुने सल्यान
भावाना
छविलाल बुढाथोकी (एकलो)
स्मारीका तिमीलाई मेरो सानो भावना
स्मारीका तिमी बन सबैको आभारी
साथ दिने छु म तिमीलाई पछाडि
तिमी सबैलाई असल भवना छाप्ने गर पानामा
म चार शब्द बाँकी दिने छु
स्मारीका सबैको बन अमुल्य
तिमी नै हौ असल जिवनको मुल्य
रिम गा.वि.स. वर्डा न ४ जामुने सल्यान
भावना दिल बहादुर शाहु (प्रदेशी)
मेरा मनका वेदना त के सुनायन सक्छुर
यति धेरै पल(पलका पलहरुलाई तपाईको माझमा
सथि जिवन खाली खोक्रा शरिर नैरहेछ
आखिर दुई दिनको जिवनमा
साथिहरु संग मेरा मनका भावना साट्नु मेरो भाग्य रहेछ
मनका वेदना मनमै थिए सबैसंग साटे
प्रवासमा मेरो मनको बेदना बुझ्ने साथी पाए
रिम गा.वि.स. वर्डा न ः ३ सल्यान
पत्र मित्रता
नाम ः नरेश रेवले
ठेगाना ः खलगा ३ श्रीनगर सल्यान
रुचि ः नया साथिको खोजीमा
अध्यन ःएस.एल.सी
नाम ःभागिराम घर्ति
ठेगाना ः धनवाग १ किमीचौर सल्यान
गजल ः स्वरुप कुमार थापा
आहा डाँडाको चौतारीमा बस्दा चरै तिर हावा चल्दो रैछ
शत्रुले कुरा काटेको सुन्दा सरै मन जल्दो रैछ
चारै तिर मखमली फुलको बगैचामा रोपेर गएपनि
झरी जाने फुल सरी जिउदै मन गल्दो रैछ
सच्चा माया प्रेम ढुङ्गा जस्तै बलियो हुन्छ भन्थे
तर निष्टुरीले छाडे पछि पहाड पनि ढल्दो रैछ
गरीवले आटेको के नै पुग्थोर निष्टुरी समाजामा
मायाले आटे सुन्तलाको बोटमा सुन पनि फल्दो रैछ

तंग्राम ३ बाग्लुङ्ग , धवला गिरी अञ्चल
पवन ओली
बफुखोला सल्यान हाल
बाल्टीमोर अमेरिका
सम्पर्क ं१३४७६८५५८८०
देश दुख्छ।।।
सु सासन यस मुलुकमा गर्न तम्तयार
नौलो आसा नौलो जोस यहाँ भर्न मन लाग्छ
साच्चै सोझ छ छल कपड र दुष्टलाई जान्दैनौ
वैरी आए नेपाली एक भई दुष्टलाई मान्दैनौ
नेपालीका सुख दुःख सबै हृदयमा संगाली
लाटो सोझो नेपाली दिलमा जोस नौलौ अंगाली
भष्टचार , विसङ्गति सबै जोसमै फली दिनछौ
उन्नतिको नविन पदमा ज्योति नै बाली दिन्छौ
देश खाने कपुथ सबमा बज्र मुक्का बर्जाछौ
नेपाल र नेपाली दिलमा नौलो आसा सजाई
विहानीको नवकिरण नया नेपाल हाम्रो
स्वर्गपुरी अमर पुर भै वन्ने छौ भोली राम्रो
देश दुख्छ पलपल यहा नेता भष्ट भएर
कर्मचारी नागरीक जन पथ भष्ट भएर
हामा रुन्छिन हरेक दिन यै कुसासण वढ्दा
देस चुस्ने कपुत जनमा उदण्द मात चढ्दा
आमा हाम्री मृतु सैया विच उद्धहास चित्कार
गर्दै रुन्छिन निसि दिन यहा हाइ हाइ धिक्कार
आमाको रोदन पुकार सुन्नु पर्छ होसमा
भ्रष्टाचार विसंगति सवै फल्नु पर्छ जोसामा
तुल्सीपुर ४ गैरी संकर टोल दाग
हाल ः रीम सल्यान
कस्तो छ देशको अवस्था
मायाको डन रामु विवस बुढाथोकी (तिस्कृत मान्छे)
मानवहरु दानवहरु गर्दै छन लुछा तानी तानी
अन्यायमा परेका छौ सोझ साझा जन्ता हामी
मसान घाटमा हेर ति निमुखा निमुआ जनताको चिताहरु जल्दैछन
हनारौ अवोध बालकहरु सिन्दुर पोते फल्दैछन
डाफे अनि मुनाल नाच्ने ति सुन्दर रानि वनमा
मानव गिद्धहरुले मासुका चोक्टाहरु लुछ्दैछन
सुनिएको थियो वुद्ध अव छिटै अब नेपाल छोडि जानुभयो
धौ धौ परेको छ स्वतन्त्र रुपमा फेर्नलाई सास पनि
दिन दिनै मारीन्छन यहाँ नेपालीहरु हाफ्नै दाजु भाईबाट
जहाँ मारीन्छन त्यहि छाडिन्छन खसि बोक ाझै भयो नेपालको सास पनि
अब देखि हत्या हिंसा छोडी सबैका कानमा खुसिको कुरा जावस
हाम्रो देह नेपालमा छिटै शान्ति छावस
छिटै शान्ति छावस
छायाक्षेत्र ८ भोटेचौर अमला डाँडा सल्यान
सम्र्पक नः९७४८५०२०८४
गजल विरेन्द्र नेपाली
हत्य हिंसा पनि यहाँ छोड्न सकिन्नर ?
एकतामा देश नेपाल मोड्न सकिन्नर?
सुन्दर शान्त नेपालको नमिठो गति यहाँ
असमानताका पर्खालहरु फोड्न सकिन्नर ?
चारै तिर नेपाललाई हरावरा बनाउन
सबै मिली फुल हरु गोड्न सकिन्नर ?
आपसमा नै हत्या हिंसा गरी राख्छन् किन
शान्ति प्रिर्य देशमा नेपाललाई मोड्न सकिन्नर ?
छायाक्षेत्र ९ राना गाउँ सल्यान
पेष ः अध्यन
गजल प्रेमराज गिरी (प्रकृति)
सुख दुख पोख्छु मेरो साथि गजलमा
मन भित्रका भावना उतार्छु मेरो साथि गजलमा
साहित्य रचना कोर्छु मत विभिन्न तरङ्गमा नै
माया भित्रका शब्द टुक्राउछु मेरो साथि गजलमा
लेखदैछु साहित्य गजल हृदयको डाइरी भित्र
जिन्दगी साहित्यमा विताउछु मेरो साथि गजलमा
गजल नै कोर्छु मत गजलमा नै बाँच्छु मत
दुःख पिडा मेटाउछु मेरो साथि गजलमा
मनको इच्छा आकान्क्षा साहित्यमा पोख्छु मत
साथ माथि हात समाल्छु मेरो साथि गजलमा
कुपिन्डेदह २ आगर नेटा सल्यान
गजल शेरजङ्ग कवर (सल्यानी म्यसेज)
बसन्तको बहार बनि आओस दसंै तिहार
शान्तिको आधार बनि आओस दसैं तिहार
चेपारो पर्ने अनि फेरी धुत्न खोज्ने
ब्वासोको संहार बनि आओस दसंै तिहार
चहरायको घाउमा , मलम लगाउन
जुम्लामा आहार बनि आओस दसै तिहार
अहिसां र सान्ति , अंगालेर हिड्ने
बुद्धको अवतार वनि आउनु दसै तिहार
खहरेको भेलमा पुल नभई दियपनि
दुःख बुझी जंघार बनि आओस दसंै तिहार
सबैलाई समानताको डोरीमा उनेर
सुनौलो संसार बनि आओस दसैतिहार
कुपिन्डेदह २ सल्यान
हाल श्री नेपाल राष्टिय उच्च मा.वि बाँसगढी बर्दिया
बसन्त क्रृतु कविता
आउ नवशिर्जना बसन्त क्रृतु आशा फुकाइकन
चम्केका छन नेपालका भुमिहरु, पाखा पखेरा बन
बस्छन चरी रमाउदै बनमा न्याउली रकोईली संगै
प्रकृतिको उपहार हो बसन्त क्रृतु खोज्नु छ हामिले कतै
गाउछन गित सुरुम्यभाव सुरीला , ति वनमा चरा जती
वसनतको छहारीमा वसेर सुन्दा , आननद आउछ कती
खाँदै काफल रमाउदै खुसिले , जंगली बाटो चिर
पाई सुख अनन्तकाल , खुसिको अनुभव चुम्ने गर
वसन्त क्रृतुको नमिठो अवगुन , हुरी,घाम र तुफान
सदगुन पनि रुन्छ यसमा केहि, वुझेर गरौ सम्मान
देखिन्छन सुन्दर नेपालका पाखा पखेरा वन
गाछन काईली मस्त भएर गित , स्वर लगाई शुसेलीकन
डिल्ली थापा ,भावुक,,
दमाचौर ३ सल्यान
के पुरुष पनि पिडित छैनन् र ? राजु क्षेत्री अपुरो
राज्यले रोरगारीको व्यावस्था गर्न नसक्दा क्रान्तिको मार्ग रोज्नु र वैदेशिक राजगरी या प्रवासी भुमिमा शरण लिनु नेपाली युवाहरुको वाध्यता रहदै आईरहेको छ । आफ्नै घरपरिवार , आफ्नै माटो छोडेर प्रवसीएका युवा मध्य केहि विकृती , र अपराधिक क्रियाकलापहरुमा संगलन रहेर समपूर्ण नेपालीको समेत वदनाम गराई रहेका छन् । जसको कारण आज सवैलाई एउटै नजरले हेरिन थालेको छ । उचित तलव सुविधा बाट वन्चित भई , आउदा लागेको क्रृण चुक्ता गरी दुइर्ए चार पैसा पठाउने अभिलासा वोकेर भिषा थप्ने ठुलो हुल एकातिर छ भने मौकामा चौका हानि हाल्नु पर्छ भन्ने पृवितिले पनि भिष थप्दै वस्दै गर्नेहरु अर्का तिर थुप्रै छन । जव कुनै व्यक्ति लामो समय सम्म प्रवासमा हुन्छ त्यसपछि उसको वारेमा अनेकौ शंका उपशंका गरिन थालीन्र्र्र्र्र्छ पक्कै पनि कुनै मैया संग अंगालोमा वाधियो होला र पो ै नत्र आफ्नो घर समझेर आउथो होला र्नि पहिला पहिला खुवै पैसा पठउध्यो चिठि पत्र फोन बाट सम्पर्क गथ्र्यो तर आजकल निकै कम अुन थालेको छ । यत्तिका वर्ष त्यसै बस्यो होला त हेर त त्यो श्रीमति कति छटपाएकी छ विचरी ै गाउँघरमा विशेष गरेर मलिाहरु बाट गरीने यस्ता कुराले भरखरै विवाह गरेर भित्राईकी होस या जवनी तर्फ लम्केका छोरा छोरीका अनँमा हुन उनिहरुको मष्तिकमा एउटा नया सोचले क्रिडा गर्न थाल्छ । अनि उनिहरु पुर्व प्रेमी। छिमेकी , आफन्त , र वरिष्ट पुरुषको साहारा लिन पुग्छन अनि एउटा समाजिक अपरमधले जन्म लिना थाल्छ । पारीवारीक कहल , अशान्ति , पारपाचुके , हत्या हिंसा अनि वदनामी भएपछि आत्महत्या ।।
म मलेशिया प्रवेश गरेको २ महिना वित्न नपाएदै मेरो साथिकी भाउजुले आत्म हत्या गरीन सुन्दरताकी मालिक्नी आया आर्जन राम्रै न कुनै असफलता न प्रेम बाट धोका , न दिर्घ रोगी अनको आत्महत्याको कारण थियो पर पुरुष संगको सम्वन्ध । उनले आफ्नो जवानी गाउकै मान्यजन्य मा गनिने लाई सुम्पेकी थिईन अनि पोल खुले पछि समाजिक वदनामी अनि श्रीमान बाट तिरष्कारको डरले त्यो कदम उठाएकी थिईन । उनले आफ्नो जिवन सामाप्त त परीन नै एउटा छोरालाई पनि टुहुरो बनाईन । खाडिमुलुकमा रोजगारी गरीरहेका श्रीमानको जागीर गयो । पहिला पहिला पठाएको रकमहरुको कुनै हिसाव भएना मैले कतै लघुकथामा पनि समेटेको छु । एउटी महिलाले ४ वर्ष संम्म दुःख कष्ट गरी पठाएको पैसाको हिसाव किताव बुझउन सकिन ।
श्रीमानले पठाएको पैसा पर पुरुष संग मोज मस्ति गरी उडएकी थिई त्यो महिलाले । रिसले रन्थनिएको त्यो युवकले हातपात गरेपछि कुरै नबुझि कार्यकताहरुले उल्टै कुटेछन त्यो युवकलाइ
विदेशि भुमिमा पसिना बगाइर्ए रहेका मेरै एक जना मित्र दुई वर्ष नपुग्दै घर फर्किहाले । श्रीमति पोईल गई सकेको खवर पाएपछि जागिर छाडेर घर फर्कनु प¥यो । उनि आफ्ना श्रीमति प्रति कति विस्वास गर्थे भन्ने कुरा समय समयमा प्रसंगवस चलेका कुराहरुबाट सिद्ध हुन्थो । उनले लभ म्यारेज गरेका रे , दुई ओटा छोराहरु पनि ठुलै भई सकेका रे , कथ कदाचित मलाई केहि भैहाल्यो भने आत्महत्या गर्छे त्यसैले भनेर खुव गफ हान्थो अनि हामी भन्र्र्र्थौ सिंग हुने र ..........हुनेको भर हुदैना । जाने वेलामा राम्ररी वोल्न समेत सकेनन ।
मफ गर्नु होला म महिलाको विरोधि हाईन । महिलाहरुबाट समाजमा भईरहेका केहि अपराधहरु मात्र प्रष्ट पार्न र सचेत गराउने कोसिस मात्रै हो । हामि केका लाग िविदेशि भुमिमा आउछौ ? अवश्य पनि आफ्नो परिवारको भविष्यको लागी नै हो । हामी यहाँ अपमान , तिरष्कार , जस्ता मानसिक पिडा मात्र होईना शारिरीक पडिा सहेर काम गर्न वाद्धे हुन्छौ भने क्षेणीक स्वर्थमा लिप्त भई केहि नारीहरु त्यसरी परपुरुष संग संम्वन्ध बढाउछिन अनि कुन पुरुषलाई सह्य होला त ? हुन त यो प्रवृती युगौं देखि चली आएको होला तर पनि प्रवासी भुमिमा काम गर्ने र लाहुरे प्रवृती वाट संजाल फैलदै वर्तमान अवस्था सम्म आईपुग्दा ठुलो रुप लिएको सहज अनुमान लगाउन सकिन्छ । महिला हरु आजकल आफ्नो हक अधिकार सुरक्षाको माग गरीरहेका छन र विस्तारै लागु हुदै पनि गइरहेको छ । हाम्रो पुरुष समाज बाट सदियौ देखि थिचो मिचो सहदै आईरहेका महिला समाज माथी अझै पनि केहि थिचो मिचो विधमान छदै छ । वोक्सिको आरोप लगाउनु , मदिरा सेवन गरी हात पात गर्नु , विधवालाइ तिरष्कार गर्नु काम , कामकाजमा सहयोग नर्गु महिला माथिका ज्यादति नै हुन तर जुन श्रीमानको लागी साथ फेरी लगाएर वजागाजा सहित हजारौ खर्चगरेर पराई घर भित्रीन्छे के त्यो महिलाले अनफ्नो श्रीमानको आँखा छल्न मिल्छ ? मिल्छ भने मलाई महिला विरोधिको आरोप लगाउनु होस हाईना भने त्यो समाजिक हपराध महिलाहरुले नै रोक्नु पर्छ । माथि उल्यखित प्रसंग त थोरै सनो उदहरण मात्रै हुन एउटा घर स्वर्ग र नर्क बनाउना नारीको महत्वपूर्ण भुमिका हुन्छ । आज थुप्रै प्रवसीएका नेपालीहरुका घर स्वर्ग बाट नार्कमा वदलिएका छन् । मलेशियामा नेपाली आत्माहत्या गर्नुको पछाडि एउटा कारण यो पनि हो । गरगहनाले सजिसजाउ गरीदिनु पर्ने , उनिहरुका आन्य घरेलु मागहरुपनि पुरा गरीदिनु पर्ने अनि घरमा छिटो आएना भनेर गुनासो पनि सुन्नु पर्ने अनि त्यो पुरुष अनफ्नो विवेक गुमाएर या त आत्म हत्या गर्छ या त कुनै दुर्घटनामा पर्छ ।
विदेशि भुमिमा काम गर्ने क्रममा उसका सहकर्मिहरु सबै एकै खालका हुदैनन् । अश्लीन शब्द , अशलीन फिल्म , अशान्त बतावरणको परिवेशमा जुध्न उ बाध्य हुन्छ । साथी संगतको लहmहमा लाग्न पनि बाद्धे परिन्छ । हुन सक्छ सबै मा रसबै ठाउँमा नहोला । परिवेस सुहाउदो चल्ने क्रममा .उ अलिकती मर्ग दाया बाँया गर्न सक्ला के त्यसको फईदा उठाएर या भनौ संका संकाका. भरमा अनफ्नो श्रीमानको अंगालो बाट छुट्टिएर परपुरुष संग सम्वन्ध गाँस्न सुहाउला त ? यसको जवाफ महिलाहरुका ठेक्केदारहरुले नै दिने कि ???
राजु क्षेत्री अपुरो , पोखरा
शरभकामना रेडियो गाउँवेशि एफ. एम. १०६.१ मेगहर्ज
नेपालका युवाहरु रोजगारीको लागी विभिन्न देशहरुमा गईरहेको पइन्छ । यसरी विदेशमा गएका कुनै पनि नेपालीमा दःख पर्दा नेपालीले नेपाली लाई सहयोग गर्नु नेपालीको कर्तव्य हो । यसरी मलेशियामा बस्ने सल्यानका व्यक्तिहरुको हकहित र संरक्षणको लागी मलेशियामा सल्यान प्रवास सेवा समाज दोस्रो वर्षमा प्रवेस गरेको सुन्दा खुसी लागेको छ ।
आगमी दिनहरुमा विदेशमा वस्ने नेपालीहरुको हकहित र संरक्षण तथा सेवामा झन यो समाज सफल रहनेमा विश्वस्त छु साथै यस समाजका कार्यकारी पद्धतिकारीहरुलाइ धन्नेवाद दिन चाहान्छु
ठकुर प्रसाद देवकोटा
स्टेशन म्यानेजर
गाउँवेशि एफ.एम.०१६.१ मेगहर्ज
धनवाग ७ कपुरकोट सल्यान
एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी
जिल्ला समिति सल्यान
शुभकामना
रोजगरीको सिलसिलामा सल्यान बाट विदेश पुगी त्यहाँ काम गर्ने श्रमिकहरुको हकहितको निम्ति सल्यान प्रवास सेवा समाज को गठन गरीएकोमा खुसी लागेको छ । यसका गतिविधि जानकारी गराउने उद्धेश्यले यस सस्थाको वर्षिकत्वसवको अवसरमा प्रकाशन गर्न लागीएको स्मारीका आफैमा अर्को नयाँ कदम हो ।
युवाहरुको तातो रगत र पसिना देहको मातोमा देशविकासको लागी बगाउने अवसर राज्यले उपलब्ध नगराउँदा विदेशिन वाद्धे गराएका लाखौं युवाहरुले देशकै निम्ती केहि गर्ने आँटका साथ विदेशको श्रम सफल रहि देश विकास र जनसविधान निर्माणमा एक ढिक्का बनोस , यहि हाम्रो पार्टी एकिकृत ने.क.पा.माओवादी सल्यानको शुभकामना ।।। शुभकामना
दलित विकास समाज सल्यान
रोनगारीको शिलसिलामा जन्मभुमिलाई छोडेर विदेशका प्रवासीको रुपमा दिन चर्या व्यतित गरीरहेका सल्यानी प्रवसीहरुले विदेशमा गएर प्रवासी कामदारहरुको हक , हित र शुरक्षाका खातिर सल्यान प्रवास सेवा समाज स्थापना गरेको खवरले हर्षित तुल्यायको छ । प्रवासमा बसेर पनि नेपाली साहित्य र सृजनाको गरिमालाई अझ उचो वनाउनुका सथै विदेशमा समेत नेपाली साहित्य र सृजनाको चिनारी दिने अभिप्रयाका साथ दसै तिहाुको अवसर पारि स्मारीका प्रकाशन गर्न लागेकोमा सल्यान प्रवास सेवा समाज लाई मेरो व्यक्तिगत तथा संस्थाको तर्फ बाट हार्दिक बधाई ज्ञापन गर्न चाहान्छु । सथै सल्यान प्रवास सेवा समाजले स्मारीका प्रकाशनमा चालेको अभियान पूर्ण रुपले सफल हुनुको सथै सिंगो नेपाली प्रवासीको माझमा लभिभावकको भुमिका निर्वह गर्ने कार्यमा सल्यान प्वास सेवा समाजलाई थप उर्जा मिलोस भनि शुभकामना व्यक्त गर्दछु ।
दुर्गा पुन
कार्यलय प्रमुख
भावना ,,
लेवाराम बुढा अर्जुन
मायाको सागरमा पौडिन्छु भन्थे
तर पोखरीमा डुबुल्की मार्न पुगेछु
खुसी नै खुसि ल्यउछु भन्थे जिवनमा
दुःख नै दःखको सगरमा डुब्न पुगेछु
मिलनको संसारमा रमाउछु भन्थे
विछोडको पडिामा रम्न विवस भएछु
वसन्तको पालुवा सरी पलाउछु भन्थे
चैतमासको खडेरी पो हुन पुगे छु ‘‘।
फालाबँंग ६ गुडडाँडा सल्यान
कविता
सावित्रा न्यौपाने –निदोष)
वाल वालीका वसेका छन दमनै दमनमा
ठुला व्यक्तिले अगाडि बढाउनु होस उज्यालो आकाशमा
हामी साना बलबलीका पढ्न लेखन पठाउ
पढिलेखी ज्ञनि बनि यो देशलाई अगाडि बढाउ
बलबालीका पुगी सकेका छज वम्वैको कोठिमा
वालवालीकालाइ नवसाउ अन्भकारमा
आजका हामि कोपिला भोलीका हामी कर्णधार
पछिगई बन्ने छन ठुला व्यक्ति इमान्दार
हामि साना बालबालीकाले गरौं प्रगति
सफलताको फल हामि नै पउने छौ भोली
कोटमौला २ गैरागाउँ सल्यान
सल्यान निल्लाको परिचय ऐतिहासिक झझल्को
भद्र सिङ्ग बुढामगर
सल्यान जिल्ला राप्ती अञ्चलको ५ जिल्ला अन्तर्गत पर्ने एक पहाडि जिल्ला हो । एसको नाम सल्यान रहनुको कारण एहि हो भनेर कसैले पनि भन्न सकेको छैन । विभिन्न भनाईहरु सुन्न सकिनछ । तत्कालिन राजाहरुले सल्ले भनने स्थानमा एक व्यक्तिलाई आफ्नो सहयोगीको रुपमा राखेकोले उनकै नाम बाट अपभ्रस हुदै सल्ले बाट सल्यान भएको केहि बुढा पाकाहरुको भनाई रहेको छ । त्यसै गरी यहाँका मानिसहरुको सुप्रसिद्ध गितहरुमा सल्यानको निकै चर्चा गरीएको पाईन्छ । जस्तै –
सल्लो ढल्यो पियारी यो सल्यान तिर
सुनमाया पियारी साल ढल्यो दाङ्ग तिर
सल्यानको सल्लेरीमा घाम तापि वसौला
आपसको दुःख सुख आपसमै बाडौला
सल्यानको सल्लेरमिा सल्ला सुसाएको
विर्सियौंकी सानु तिमीले विन्ती विसाएको
प्रसस्त मात्रामा यस षेत्रमा सल्लाको रुख पाईने हुनाले यस क्षेत्रलाई सल्लै सल्लाका रुख भएको क्ष्ोत्र अर्थात पुरानो स्थनिए भाषा अनुसार खलो बाट खल्यान भने झै सल्ले बाट सल्यान आपभ्रस भएर वनेको शब्द हुनपर्छ । यहि सल्लाको वन भएको कारणले सल्यान भएको कुरामा धेरैको मत रहेको छ । माथी उल्लेखित सल्यानि वासीहरुको जनमुखमा गाईने गितहरुले पनि यहि कुरालाई प्रष्ट पार्दछन ।
वम कुमारी बुढाको भनाई अनुसार सलाङ बाट सल्यान हुन सक्ने कुरालाई दावि गर्नु भएको छ । मगर भाषार्र्मा सलाङ्ग ैको अर्थ सास उडाउने हावा अर्थात धेरै वलमा चल्ने स्थान वा वमलुडाँडा भन्ने अर्थ लाग्दछ । त्यसैले सलाङ बाट सलान हुर्द सल्यान भएको कुरा बताउनु भएको छ । हाल पनि सल्यान जिल्लामा मगर भाषका शब्द बाट रहेका प्रसस्त स्थानहरु रहेका छन । मगर भाषमा जीउलाको खर्थ धान हुने भउकोले यहि वेसिमा धान रोप्ने स्थानलाई जिउला भन्ने गरिन्छ ।
त्यस्तै मगर भाषामा गरी र वाङ को अर्थ पयाृवचि शब्द हुदछ् । गहाँको प्रसिद्ध जिउला गरिजीउला हो । गरी र वाङको अर्थ हुन्छ सम्म परेको चवर वा फाट त्यसैले सल्यानमा फलावाङ्ग , सिवाङ्ग , धनवाङ्ग , उनवाङ्ग , डिवाङ्ग, जलवाङ्ग , सिरवाङ्ग, जस्ता स्थान हरुको नाम मगर भाषको शब्दवली वाट आज सम्म चली रहेकोले पनि सल्यानको नाम पनि मगर मगर भाषको शब्द सलाङ बाट भएको हुन सक्दछ ।
सल्यना कर्णाली प्रदेशको खस राज्य संग समीलित क्षेत्र हो । पँध्रौ सताब्दीको अत्यन्त शक्तिशाली कार्ढाली राज्य कमजोर बन्दै जाँदा र विभिन्न क्षेत्र कर्णली राज्य बाट टुक्रिदै जाने क्रममा यो क्षेत्र पनि अलग भएको थियो । यसको क्षेत्र फलावाङ्ग रहेका पाईन्छ । पृथ्वीनारायण शाहसंग यहाँका तत्कालीन राजा कृष्न शाह संग वनवासमा भेट भएर चिनजान भएपछि घनिष्ट सम्बन्ध रहेको थियो । पृथ्वीनारायण शाहाले आफ्नी छोरी विलास कुमारी शाहलाई कष्ण शाहाको युवराज रणभिम शाहा संग वि.स.१८२३ मा विवाह गरीदिएका थिय । पृथ्वीनारायनको देहान्त पछि राजेन्द्र देवि र बहादुर शाह ले दाङ्ग आक्रमण गरि विजय गरेर पृथ्वीनारायानण शाहको निति अनुरुप दाङ्ग राज्य सल्यानलाइृ दिए । सल्यान राज्यलाइृ अघिनस्त राज्यको रुपमा रहनदिए । तर पछि रण बहादुर शाहले र भिमसेन थापाले सल्यानले अग्रेज संग साँठगाठ गरेको आरोपमा पल्पा विजए गरेपछि वि.स. १८६९ भाद्र ३ गते सल्यान राज्यमा आक्रमण गरी केन्द्र राज्यमा मिलाय ।
आज पनि सल्यान नेपालको पवित्र भुमिको रुपमा चिनिने गर्दछ । सत्तिदेविको सम्पूर्ण अंगको अंवशेष खसेको स्थान छायाक्षेत्र करङ खसेको छेत्र लक्ष्मिपुर , खैरावाङ्ग भगवती मन्दिर , आदि राष्टिय तथा हिन्दु धर्मवम्वीहरुको पवित्र स्थल हुन । त्यसैगरी उत्पादनका दृष्टिले अदुवा, नेपालको प्रसिद्ध अदुवा उत्पादन क्षेत्र भनेर माल्ट ढारखानी चिनिन्छ भने धान , मकै, गहु , आलु , तरकारी , स्याउ ,सुन्तला , कागति , अनार , टिमुर , लिच्ची , तरकारीको विउ विजन र सल्लाको खोटो उत्पादनका लागी प्रसिद्ध मानिन्छ । त्यसैगरी नेपालीको घरघरमा राखिने घरेलु हतियार खुकुरी निर्माणमा पनि सल्यान जिल्ला नेपालको सवौकृष्ट जिल्लाको रुपमा चिनिनछ । मनोरम दृश्य देखिने कुपिन्डेताल यस जिल्लाको सवै भन्दा गहिरो स्थान , वइृ र अग्लो कुमाखको लेख यहाँ विभिन्न गुफाहरु , विगतमा प्रया मानव घुम फिर गरेको यस सल्यान जिल्ला आज पनि हरेक वस्तु उत्पादनको लागी अनुकुल रहेको छ । यहाँका प्रसिद्ध दरवार र पौवा हरु संरक्षण गर्न असफल भएता पनि प्राकृतिक मनोरह दृष्यका लागी सारदाका किनार फाट हरु अत्यन्तै सर्निएको छ । जति विकास हुनु पर्दथ्यो त्यतिमात्रमा हुननसको पनि विस्तारै विकासको चेतनाले आम सल्यानी लाई ब्युझाएको छ । पश्चिमद्धारको रुपमा रहेको सल्ली वजार , पुवीद्धरको रुपमा रहेको कपुर कोट यस जिल्लाको प्रसिद्ध नाका बजार हुन् । त्यस्तै श्रीनगर , खलंगा , थारमारे , दुलधारपोखरा , रिम सितल बजार , मोखला , पाति हाल्ना, कालाखेत , जस्ता साना ठुला बजारको विकास हुदैछ । ४ वटा क्यम्पस र ५ दर्जन को हारा हारीमा मा.वि र दर्जन भन्दा माथी उ.मा.वि. संञ्चालनले पनि यस जिल्ला शिक्षा क्षेत्रको विकासमा गति वद्ध हुदैछ भन्ने जानकारी गराउछ । भने साँस्कृतिको पनि सल्यान त्यतिकै महत्वपूर्ण छ । यहाको सोरठी , तप्पा , र वाघारी , राष्ट प्रसिद्ध छन भने झ्याउरे , ठाडो भाका लोक गित पनि त्यतिकै राम्रा छन ।
कोर्वाङ्ग झिम्पे ९ तारुपरे सल्यान
नेपाल कम्युनिष्ट पार्टी (एमाले) शुभकामना
सल्यान प्रवास सेवा समाजको सकृयतामा पहिलो मुखपत्र प्रकाशन हुन लागेको खवरले मलाई अत्यन्त खुसी वनाएको छ । सल्यान बाट प्रवास मा गएर विभिन्न पेषा व्यवसाएमा संगलन साथीहरु संगठित भई मिति ०१६६ खसोज ४ गतेका दिन गठन भएको सल्यान प्रवास सेवा समाज मलेशिया विविध समस्याका वावजुत अगाडि बढिरहेको पाईयो ।
कामको खोजीमा सहर पसेका युवाहरु दलालको चङ्गुलमा फसि सम्पूर्ण सम्पति गुमाई न घरको नघाटको जीन्दगी विताउन बाद्धेछन । कोहि विदेशमा पुगेर पनि कम्पनिको शोषनमा परि कमाइृ त परै जावस घर सम्म फर्कन सकेका छैनन् । यस्ता समस्याहरबाट पिडितलाई मुक्ति दिलाई पिडकलकई कानुनको कन्घरामा उभ्यउन सम्वन्धित सरकारवाला हरुको ध्यान केद्रित गर्नु संस्थाको प्रमुख उध्यसे बनोस् । खोज र अनु संन्धान मुलक लेख रचना हरु प्रकाशन गर्दै समाजको चतना अभिवृद्धि गर्दै जावस । मुख पत्रको निरण्तरता को लागी हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

सयौ जंगल कटी आय सात समुन्द्र पारी
बाध्यताले बसेको छू घर को माया मरी
सधै भरी सम्झिरहन्छु आफ्नै सेरोफेरो
प्रदेसमै दुःख पाउने कर्म रहेछ मेरो
खोक्रो सरीर प्रदेसमा छ मन त आफ्नै गाउमा
दुःख मात्रै पेकोछु यो बिरानो ठाउमा
सरीर मेरो लाटो भाछ काम गर्दा गर्दा
साथ दिने कोही भएन मलाई आपति पर्दा
साथ दिने कोही भएन मलाई आपति पर्दा
सातै दिन काम मा जान्छु घन्टा धेरै हान्छु
सन्दुइएस पिज्जा चिकेन बाफ्फे बाध्यता ले खान्छु

सधै भरी याद आउछ खोले पांडो खाको
बिरानो यो मुलुक मा दुःख पाउण आको
बिरानो यो मुलुक मा दुःख पाउण आको
अरु थोक को वास्ता छैना काम को मात्रै चिन्ता
पैसा पैसा भन्दा भन्दै मरिन्छ एक दीनता
पैसा पैसा भन्दा भन्दै मरिन्छ एक दीनता
सपनीमा गाउमै पुग्छु बिपनिमा एतै
कुरो भित्र हारेको छू छैना मेरो चेतै
घर छोडेको दुई बर्ष भो सोच्दा मन रुन्छ
फर्कनेको ठेगान छैना कहिले हुन्छ हुन्छ
मनका इच्छा घामै सुके जिउदै मरी तुल्ले भाछु
लाग्छ मलाई कहिले कही त जेल मई परे सरी भाछु